इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय टिमका दुई खेलाडीमा कोरोना

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३१
  • |
  • 828 पटक हेरिएको

हाइलाइट्स

भारतीय क्रिकेट बोर्डले कोभिड हुने दुई खेलाडीको नाम सार्वजनिक गरेको छैन । केहि दिन अगाडी उनीहरु भिडभाड हुने एरियामा पुगेकाले दुबैलाई कोभिड भएको हुनसक्ने आंकलन गरिएको छ ।

इंग्ल्याण्ड भ्रमणमा रहेको भारतीय क्रिकेट टिममा कोरोनाको खतरा बढ्न थालेको छ । पछिल्लो पटक गरिएको परिक्षणमा दुई खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ । जसमा एक खेलाडीको रिपोर्ट नेगेटिभ आएको छ । 

भारतीय क्रिकेट बोर्डले कोभिड हुने दुई खेलाडीको नाम सार्वजनिक गरेको छैन । केहि दिन अगाडी उनीहरु भिडभाड हुने एरियामा पुगेकाले दुबैलाई कोभिड भएको हुनसक्ने आंकलन गरिएको छ ।

कोभिड हुने एक खेलाडीको नेगेटिभ आएपनि अर्को खेलाडी भने आइसोलेसनमा नै रहेको बताइएको छ । अब उनको जुलाई १८ मा परिक्षण हुनेछ । 

कोरोना देखिने खेलाडीले पहिलो चरणको कोवीशिल्डको भ्याक्सिन लगाएका थिए । भारतीय खेलाडी लण्डनको आसपासमा छुट्टि मनाइरहेका थिए ।

जुन २३ मा साउथह्याम्टनमा भएको विश्व टेष्ट च्याम्पियनसिपको फाइनल खेलेपछि भारतीय टिमका खेलाडी परिवारका साथ छुट्टि मनाउन गएका थिए ।

बीसीसीआईका अधिकारीका अनुसार धेरै जसो खेलाडी लण्डनको आसपास नै रहेका थिए । टिमले सबै खेलाडीलाई जुलाई १४ मा फर्कन भनेको थियो । 

यसअघि पाकिस्तानविरुद्धको एकदिवसिय सिरिजको ठिक दुई दिन अगाडी इंग्ल्याण्डका तीन खेलाडी सहित सात जनामा कोरोना पोजेटिभ देखिएको थियो ।

जसका कारण इंग्ल्याण्डले एकदिवसिय सिरिजमा दोस्रो टिमलाई खेलाएको थियो । 

भारतीय टिमले इंग्ल्याण्डसँगको सिरिजका लागि जुलाई २० बाट प्रशिक्षण सुरु गर्नेछ ।

तर कोभिड देखिएका दोस्रो खेलाडीको रिपोर्ट नेगेटिभ आएपछि मात्र टिमले अभ्यास थाल्ने बताइएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey