सावित्राको घुँडाको शल्यक्रिया आज

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३१
  • |
  • 709 पटक हेरिएको

हाइलाइट्स

राष्ट्रिय महिला फुटबल लिगका बेला उनको घुँडामा चोट लागेको थियो । जसका कारण उनले महिला लिगका अन्तिम दुई खेल खेल्न पाएकी थिइनन् ।

नेपाली महिला फुटबल टिमकी मुख्य स्ट्राइकर सावित्रा भण्डारीको कतारको दोहा स्थित एस्पेटारमा आज घुँडाको शल्यक्रिया हुँदैछ । 

राष्ट्रिय महिला फुटबल लिगका बेला उनको घुँडामा चोट लागेको थियो । जसका कारण उनले महिला लिगका अन्तिम दुई खेल खेल्न पाएकी थिइनन् ।

उनको घुँडाको एसीएलमा चोट लागेको र उनको शल्यक्रिया गर्नुको विकल्प नभएको देखिएपछि एन्फाले उनलाई कतार फुटबल संघको सहयोगमा दोहा पठाएको थियो । 

उनी दुई साता अगाडी दोहा पुगेकी थिइन । जहाँ उनले क्वारेन्टिनको समय विताएर पहिलो चरणको परिक्षणपछि आज शल्यक्रिया गरिने भएको हो । 

यो शल्यक्रियापछि उनी पुर्ण रुपमा फिट भएर मैदानमा फर्किनका लागि नौ महिना लाग्ने अनुमान गरिएको छ ।

नेपाली महिला टिमकी शसक्त स्ट्राइकर सावित्राले चोट बोकेको करिव चार महिनापछि कतार गएकी थिइन ।

सावित्राले महिला लिगमा १० खेलमा ४३ गोल गर्दै उत्कृष्ट फरवार्ड बनेकी थिइन । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey