टोकियो ओलम्पिकमा खेलाडी आफैले मेडल लगाउनुपर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३०
  • |
  • 1048 पटक हेरिएको

हाइलाइट्स

आइओसीका अध्यक्ष थोमस बाखले खेलाडीले पदक लिँदा जो ब्यक्ति मेडललाई ट्र मा लिएर आउनेछ, उसले ग्लब्स लगाएको हुनुपर्ने, खेलाडीले पनि अनिवार्य मास्क लगाएको हुनुपर्ने र टाउको मात्र हल्लाएर आदर गर्नुपर्ने, अंकमाल गर्न नपाइने नियम बनाएको बताए । 

कोरोना भाइरसका कारण यसपटकको ओलम्पिकमा धेरै भिन्न प्रकारको प्रतियोगिता देख्न पाइनेछ ।

खेलाडीले दर्शकविना नै आफ्नो प्रतिस्पर्धा गर्नुपर्नेछ भने तोकिएको ठाँउ भन्दा बाहिर जान पाइनेछैन ।

यस्तैमा अन्तराष्ट्रिय ओलम्पिक कमिटीले यस पटकको ओलम्पिकमा पुरस्कार वितरण समारोह नहुने भएको छ ।

पदक जित्ने खेलाडी आफैले निश्चित ठाँउमा राखिएको पदकलाई आफैले लगाउनुपर्नेछ । 

आइओसीका अध्यक्ष थोमस बाखले खेलाडीले पदक लिँदा जो ब्यक्ति मेडललाई ट्र मा लिएर आउनेछ, उसले ग्लब्स लगाएको हुनुपर्ने, खेलाडीले पनि अनिवार्य मास्क लगाएको हुनुपर्ने र टाउको मात्र हल्लाएर आदर गर्नुपर्ने, अंकमाल गर्न नपाइने नियम बनाएको बताए । 

टोकियो ओलम्पिककै बेला सो शहरमा आपतकाल लागु भएको छ । रंगशालामा दर्शकको प्रवेशमा प्रतिबन्ध लगाइएको छ ।

बुधबार मात्र टोकियोमा कोरोना संक्रमण एक हजार एक सय ४९ पुगेको छ । जुन पछिल्लो ६ महिनामा एक दिनमा देखिएको यो सर्वाधिक हो । 

टोकियो ओलम्पिक हुने निश्चित भइसकेको छ भने विभिन्न देशका खेलाडी टोकियो पुग्ने क्रम सुरु भइसकेको छ । तर अझैपनि टोकियोमा स्थानीय यो प्रतियोगिताको विरोधमा छन । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey