बार्सिलोना र मेस्सीविच नयाँ सम्झौता, ५० प्रतिशत तलव कटौतीमा सहमति

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३०
  • |
  • 1979 पटक हेरिएको

हाइलाइट्स

३४ बर्षे मेस्सीले बार्सिलोनासँग हाल पाउँदै आएको तलवमा ५० प्रतिशत कटौती गरेर नयाँ सम्झौताका लागि राजि भएका हुन । 

अर्जेन्टिनी सुपर स्टार फुटबलर लियोनल मेस्सी बार्सिलोनासँग नयाँ सम्झौताका लागि सहमत भएका छन ।

३४ बर्षे मेस्सीले बार्सिलोनासँग हाल पाउँदै आएको तलवमा ५० प्रतिशत कटौती गरेर नयाँ सम्झौताका लागि राजि भएका हुन । 

काटालानको पत्रिकाले जनाएअनुसार मेस्सी र बार्सिलोनाविच बुधबार नयाँ सम्झौतामा मौखिक सहमति भएको हो ।

यसको आधिकारीकताका बारेमा केहि दिनमा सार्वजनिक हुने बताइएको छ । 

कोपा अमेरीकाको उपाधि जितेका मेस्सी पछिल्लो दुई सातादेखि फ्रि एजेन्टमा थिए ।

उनलाई क्लवमा भित्र्याउने होडमा रहेको अर्को क्लव पेरीस सेन्ट जर्मेनले आफु होडबाट बाहिरीएको भनेको २४ घण्टामा नै मेस्सी र बार्सिलोना नयाँ सम्झौताको सहमतिमा पुगेका हुन । 

इएसपीएनका अनुसार मेस्सी र बार्सिलोनाविच पाँच बर्षको सम्झौता भएको हो । तर यो आधिकारीक हो या होइन भन्ने दुबै पक्षले सार्वजनिक गरेपछि मात्र हुनेछ । 

मेस्सीले बार्सिलोनाबाट यसअघि बार्षिक ५०० मिलियन युरो भन्दा बढि तलव पाउने गरेका थ्एि । तर त्यो सम्झौता जुन अन्तिममा सकिएको हो । 

बार्सिलोनामा नै आफ्नो करियर विताएका मेस्सीको नयाँ सम्झौता पाँच बर्षको भएको खण्डमा उनी यहि क्लवबाट आफ्नो करियरलाई विदाई गर्ने पक्का भएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey