Mega Bank

सन्दिपले खेल्ने सिपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा नै उनको टिमले गुयनासँग खेल्ने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-३०
  • |
  • 491 पटक हेरिएको

हाइलाइट्स

यो प्रतियोगिता र बेलायतमा हुने द हन्ड्रेका लागि सन्दिप लण्डन पुगिसकेका छन । उनी अहिले क्वारेन्टिनमा रहेका छन । 

नेपाली क्रिकेटर सन्दिप लामिछानेले खेल्ने क्यारिबियन प्रिमियर लिग (सिपीएल) को खेल तालिका सार्वजनिक भएको छ ।

अगष्ट २६ बाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नै सन्दिपको टिम ट्रिनबागो नाइट राइडर्सले गुएना वारियर्ससँग खेल्ने भएको छ । 

वेष्ट इन्डिजको सेन्ट किट्स एण्ड नेभिसमा हुने प्रतियोगितामा कुल ३३ खेल हुनेछन । प्रतियोगिता सेप्टेम्बर १५ मा सकिनेछ ।

यो प्रतियोगिताका लागि सन्दिप शाहरुख खानको लगानी रहेको नाइटराइडर्समा अनुबन्ध भएका छन । 

क्यारेवियन प्रिमियर लिगमा सन्दिपको यो चौथो सिजन हुनेछ । यसअघि उनले सन् २०१८ मा सेन्ट किट्स एण्ड नेभिसबाट खेलेका थिए भने २०१९ मा बार्बाडोसबाट र अघिल्लो सिजनमा जमैका तालावाजबाट खेलेका थिए । 

यो सिजनका लागि नाइटराइडर्सले उनलाई अनुबन्ध गरेको थियो । अघिल्लो सिजनमा सन्दिपले ११ खेलमा १२ विकेट लिएका थिए ।

यसपटक सन्दिपको टिममा सुनील नरायन, खरे पिएरी, अखिल होसेन जस्ता स्पिनर रहेका छन । अघिल्लो सिजनमा नाइट राइडर्सले सिपीएलको उपाधि जितेको थियो । 

यो पटकको प्रतियोगितामा नाइट राइडर्सले दोस्रो खेलमा बार्बाडोससँग खेल्नेछ भने तेस्रो खेलमा सेन्ट लुसियासँग प्रतिस्पर्धा गर्नेछ ।

यो प्रतियोगिता र बेलायतमा हुने द हन्ड्रेका लागि सन्दिप लण्डन पुगिसकेका छन । उनी अहिले क्वारेन्टिनमा रहेका छन । 

उनी द हन्ड्रेड खेलेर सिपीएलका लागि जानेछन । 

भर्खरै

Advertisement