कुशलको टी २० बरियतामा सुधार

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३०
  • |
  • 623 पटक हेरिएको

हाइलाइट्स

आइसीसीले पछिल्लो पटक सार्वजनिक गरेको नयाँ बरियतामा उनी ५९ औं स्थानमा पुगेका छन । 

नेपाली राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेलको टी २० बरियतामा एक स्थान सुधार भएको छ ।

आइसीसीले पछिल्लो पटक सार्वजनिक गरेको नयाँ बरियतामा उनी ५९ औं स्थानमा पुगेका छन । 

यसअघिको बरियतामा कुशल ६० औं स्थानमा थिए । नयाँ बरियता अनुसार कुशलको चार सय ४२ रेटिङ रहेको छ । 

यस्तै टी २० को बरियतामा पारस खड्का ९१ औं र ज्ञानेन्द्र मल्ल ९६ औं स्थानमा छन । बलिङ तर्फको बरियतामा नेपालबाट सन्दिप लामिछाने मात्र समावेश छन । उनी हाल ७८ औं स्थानमा छन । 

विश्व बरियतामा इंग्ल्याण्डका डेविड मलान शिर्ष स्थानमा एथावत छन भने पाकिस्तानका बाबर आजम दोस्रो तथा अष्ट्रेलियाका आरोन फिन्च तेस्रो स्थानमा छन । 

देशका हिसावले नेपाल टी २० मा १३ औं स्थानमा यथावत रहेको छ । यस्तै एकदिवसय बरियतामा पनि यसअघिको जस्तै १६ औं स्थानमा कायम छ । 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal