Mega Bank

विश्व टेष्ट च्याम्पियनसिपकाे दाेस्राे संस्करणको तालिका सार्वजनिक

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-३०
  • |
  • 470 पटक हेरिएको

हाइलाइट्स

यो पटक हुने टेष्ट च्याम्पियनसिपमा टिमले पाउने अंकमा भने परिवर्तन हुने भएको छ । जसमा जित्ने टिमले १२ अंक, बराबरी भएमा चरा अंक र नजिताविहिन भएको खण्डमा ६ अंक पाउने नियम बनाइएको छ । 

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले दोस्रो संस्करणको विश्व टेष्ट च्याम्पियनसिपको तालिका सार्वजनिक गरेको छ ।

यो पटक हुने टेष्ट च्याम्पियनसिपमा टिमले पाउने अंकमा भने परिवर्तन हुने भएको छ । जसमा जित्ने टिमले १२ अंक, बराबरी भएमा चरा अंक र नजिताविहिन भएको खण्डमा ६ अंक पाउने नियम बनाइएको छ । 

अघिल्लो संस्करणमा भन्दा यो पटक पोइन्टमा निकै भिन्नता गरेको छ । अघिल्लो संस्करणमा हरेक सिरिजमा अंक हासिल गरिन्थ्यो । तर यसपटक पहिले नै के नतिजा भएमा कति अंक भन्ने एकिन गरेको छ । 

नौ देशको सहभागित रहने टेष्ट च्याम्पियनसिपमा ६ सिरिज हुनेछन । जसमा तीन घरेलु मैदानमा र तीन अवे खेलमा खेलाइनेछ । 

च्याम्पियनसिपमा इंग्ल्याण्डले होम ग्राउण्डमा दक्षिण अफ्रिका र वेष्ट इन्डिजसँग खेल्नेछ । 

भर्खरै

Advertisement