ओलम्पिकमा लैगिंक समानता: नेपालकाे झण्डा गाैरीका र एलेक्सले संयुक्त रुपमा बाेक्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३०
  • |
  • 803 पटक हेरिएको

हाइलाइट्स

ओलम्पिकको उद्घाटन समारोहमा देशको भण्डा बोक्नेमा एक पुरुष र एक महिला खेलाडी हुनुपर्ने र यसलाई सबै एनओसीले सदुपयोग गर्नुपर्ने बताएकाे थिए ।

आसन्न टोकियो ओलम्पिकमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंहले बोक्ने नेपाल ओलम्पिक कमिटीले मंगलबार निर्णय गर्यो ।

तर ओलम्पिक कमिटीका पदाधिकारीले गत मार्चमा नै गरेको थियो । जसमा हरेक देशको झण्डा बोक्नेमा एक पुरुष र एक महिला हुनुपर्ने भनिएको छ । 

ओलम्पिकको उद्घाटन समारोहमा देशको भण्डा बोक्नेमा एक पुरुष र एक महिला खेलाडी हुनुपर्ने र यसलाई सबै एनओसीले सदुपयोग गर्नुपर्ने बताएकाे थियाे ।

यो विषयमा नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठसँग बुझ्दा लैंगिक समानता हुनुपर्ने आइओसीको नियममा रहेर नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंह र नेपाली टिममा रहेका एक्लो पुरुष खेलाडी एलेक्स शाहले बाक्ने बताए । 

ओलम्पिकमा लैगिंक समानताको धेरै कुराहरु भएको र नेपालले पनि त्योबाट पछि नपर्ने बताए । त्यसैले ओलम्पिकको उद्घाटन समारोहमा गौरिका र एलेक्सले संयुक्त रुपमा नेपालको झण्डा बोक्ने बताए । 

अन्तराष्ट्रिय ओलम्पिक कमिटीले पछिल्लो पटक जेन्डर इक्विटीको अभियानलाई अगाडी बढाएको छ । सन् २०१२ मा पहिलो पटक आइओसीले सबै एनओसीलाई डेलिगेसन टिममा एक जना महिला खेलाडी अनिवार्य गर्नुपर्ने नियम बनाएको थियो ।

जसमा ब्रुनाई, साउदी अरेबीया र कतारले पहिलो पटक टिममा महिला डेलिगेट्सलाई राखेको थियो । 

टोकियो ओलम्पिकका लागि नेपालबाट पाँच खेलाडीसहित २६ जनाको टिम जाने भएको छ । नेपाल ओलम्पिक कमिटीले टोकियो ओलम्पिकका लागि नेपालबाट खेलाडीसहित प्रशिक्षक, म्यानेजर, चिकित्सक र अरु अफिसियल गरेर करिव २६ जना जाने बताएकाे छ । 

टोकियो ओलम्पिकमा चार खेलका पाँच खेलाडीले खेल्नेछन । जसमा पौडी, जुडो, सुटिङ, एथ्लेटिक्स रहेका छन । पौडीमा दुई खेलाडीले प्रतिस्पर्धा गर्दा बाँकी तीन खेलमा एक एक खेलाडीले खेल्नेछन । 

नेपालबाट जाने टिममा चार खेलका चार प्रशिक्षक, चार म्यानेजर, सेभ दी मिसन एक, एटाचीमा एक, नेपाली टिमको प्रशासन र कोभिड नियम हेर्ने एक जना टिममा जाने भएको छ । यस्तै टिमको डाक्टरमा एक जना रहेका छन । 

ओलम्पिकमा जानका लागि विभिन्न पदाधिकारीको इच्छा भएकाले पनि जुन जुन खेलको खेल सकियो उनीहरु फर्किएपछि त्यसको स्थानमा जाने अरु चार जना रहेका छन । यो कोटाका आधारमा रहेको छ । 

ओलम्पिकका लागि पौडीको टिम जापान गइसकेको छ । उनीहरु त्यहाँ नै प्रशिक्षण गर्ने भनेर गइसकेका छन । बाँकी नेपालबाट टिम जुलाईको १९ तारिखसम्म जाने तयारी भइरहेको छ । 

कोभिडका कारण यसपटक खेलाडीलाई भिलेज र खेल स्थल भन्दा बाहिर जान नपाउने नियम बनाएको छ भने टोकियो जानु भन्दा अगाडी दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्ने र त्यहाँ पुगेपछि चार दिनको क्वारेन्टिन बस्नुपर्ने बताइएको छ । 

साथै ओलम्पिकको नोटबुकमा कुनैपनि खेलका खेलाडी आफ्नो प्रतिस्पर्धा सकिए लगत्तै फर्किनुपर्ने भनिएको छ । यसपटकको ओलम्पिकमा विशिष्ट पदाधिकारीको सहभागितामा कटौती गरेको छ । 
जुलाई २३ बाट अगष्ट आठ तारिखसम्म हुने ओलम्पिकमा १५ हजार भन्दा बढि खेलाडीको सहभागिता हुनेछ । 

टोकियो ओलम्पिकमा खेलाडीको प्रशिक्षक यसप्रकार छन । 

सुटिङमा खेलाडीमा कल्पना परियार, प्रशिक्षकमा असिम यादव, जुडोमा सोनीया भट्ट खेलाडी, प्रशिक्षक शुर्य नारायण श्रेष्ठ, एथ्लेटिक्समा सरस्वती चौधरी खेलाडी, इन्द्र कुमारी मल्ल प्रशिक्षक, पौडीमा गौरिका सिंह र एलेक्स शाह खेलाडी, शंकर कार्की प्रशिक्षक छन । 

यी बाहेक ओलम्पिकका अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, चतुरानन्द बैध, तेजबहादुर गुरुङ, सुनील कुमार श्रेष्ठ, पिताम्बर तिम्सिना, तुल्सी थापा, प्रकाश शमशेर राणा, राम अवाले छन । सूची हेर्दा ओलम्पिक कमिटीको कार्यसमितीमा रहेको अधिकांश ब्यक्ति जाने भएका छन । 

खेलकुद मन्त्रालयबाट सचिव केदार न्योपाने, राखेपबाट उपाध्यक्ष शिब कोइराला, सदस्यसचिव रमेश सिलवाल, सदस्य सुवास श्रेष्ठ, अर्का सदस्य सम्पन्न श्रेष्ठ छन । 

मेडिकल टिममा नबिस मान सिंह प्रधान छन भने नेपाली भोलेन्टियरमा रुपेश डंगोल परेका छन । स्टाफमा प्रेम बराल छन । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal