राष्ट्रिय टिमको दोस्रो चरणमा ३६ खेलाडी छनौट, १४ खेलाडी बाहिरीए

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३०
  • |
  • 3996 पटक हेरिएको

हाइलाइट्स

पहिलो चरणमा ५० खेलाडी क्याम्पमा रहेकोमा दोस्रो चरणमा त्यसलाई घटाएर ३६ मा झारिएको छ । 

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले आसन्न साफ च्याम्पियनसिप एशियन कप छनौटका लागि दोस्रो चरणमा ३६ खेलाडी छनौट गरेका छन । पहिलो चरणमा ५० खेलाडी क्याम्पमा रहेकोमा दोस्रो चरणमा त्यसलाई घटाएर ३६ मा झारिएको छ । 

प्रशिक्षक अब्दुल्लाहले जुलाई सात तारिखबाट प्रशिक्षण सुरु गराएका थिए । जसमा प्रशिक्षणमा गरेको प्रदर्शनका आधारमा अब्दुल्लाहले विशाल सुनार, अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, डोना थापा, गौरब बुढाथोकी, मिक्चेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजन तामाङ, रवी पासवान, सेसेहाङ आङदाम्बे, शिशिर लेखी, सुदील राईलाई हटाएका छन । 

मिडफिल्डर विक्रम लामाले यो क्याम्पमा टिमसँग प्रशिक्षण गरेका थिए । जसमा यदि उनी पुर्ण रुपमा फिट भएको खण्डमा टिममा राखिने एन्फाले बताएको छ । 

दोस्रो चरणमा टिममा पाँच जना गोलकिपर राखिएको छ । जसमा किरण लिम्बु, दिप कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, अर्पन कार्की छन । 

बाँकी खेलाडीमा आशिष लामा, अभिशेक रिजाल, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, राजिभ लोप्चन, रन्दिप पौडेल, रञ्जित धिमाल, रोहित चन्द, संजोग राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमल लामा, सुनील बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेभ गुरुङ छन । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey