क्षमता र उपाधि जितेको आधारमा बलुन डी योर दिने हो भने म अग्रपंक्तिमा छु-जोर्गिन्हो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-३०
  • |
  • 2097 पटक हेरिएको

हाइलाइट्स

यदि क्षमताका आधारमा उपाधि दिइने हो भने आफु उत्कृष्ट भएको र यदि उपाधि कसले कति जित्यो भन्ने मापदण्ड राख्ने हो भने आफुले जति अरुले नजितेको बताए ।

यो बर्षको बलुन डि योरको अवार्ड कसले जित्छ भन्ने कौतुहल अहिलेबाट नै सुरु भइसकेको छ । यस्तैमा युरोकप विजेता इटालीका खेलाडी जोर्गिन्होको पनि यसको मुख्य दावेदारका रुपमा अगाडी आएका छन । 

कोपा अमेरीकाको उपाधि जितेपछि लियोनल मेस्सीपनि बलुन डी योरको होडमा रहेका छन । तर च्याम्पियन्स लिग र युरोकपको उपाधि एकै सिजनमा जितेका जोर्गिन्हो अग्रपंक्तिमा रहेका छन । 

जोर्गिन्होले बलुन डी योरका विषयमा बोल्दै सबैको सपना सो उपाधि जित्ने रहेको र आफ्नो इच्छा पनि बलुन डी योर को उपाधि चुम्ने रहेको बताएका छन । तर उनले सबै कुरा कस्तो मापदण्ड राखिन्छ भन्नेमा भरपर्ने बताए । 

यदि क्षमताका आधारमा उपाधि दिइने हो भने आफु उत्कृष्ट भएको र यदि उपाधि कसले कति जित्यो भन्ने मापदण्ड राख्ने हो भने आफुले जति अरुले नजितेको बताए । 

उनले मेस्सी, नेयमार र रोनाल्डोसँग आफ्नो तुलना गर्न नसक्ने बताउँदै उनीहरु विलकुल फरक चरित्रका खेलाडी भएको बताए । 

ब्राजिलमा जन्मिएका जोर्गिन्होले सन् २०१७ मा इटालीबाट खेल्ने निर्णय गरेका थिए । त्यो बेला ब्राजिलले पनि उनलाई टिममा राख्न खोजेको थियो । तर उनले इटालीलाई नै रोजेका थिए । 

उनले इटालीबाट खेल्नका लागि एकपटक भन्दा बढि नसोचेको बताएका छन । यू २१ मा इटालीविरुद्धको खेलपछि उनलाई ब्राजिलले टिममा राख्न खोजेको थियो ।

तर उनले त्यो बेला आफुलाई इटालीको खाँचो रहेको भन्दै ब्राजिलको प्रस्तावलाई अस्विकार गरेका थिए । उनले आफ्नो मनबाट नै इटालीबाट खेल्नुपर्छ भन्ने भावना आएपछि खेलेको बताए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey