Mega Bank

बाबर आजमले सर्वाधिक छिटो पुरा गरे १४ औं शतक 

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-३०
  • |
  • 378 पटक हेरिएको

पाकिस्तानी क्रिकेट टिमका कप्तान बाबर आजमले इंग्ल्याण्डविरुद्धको तेस्रो एक दिवसीय क्रिकेटमा नयाँ इतिहास कायम गरेका छन् । उनले करियरको १४ औं शतक पनि बनाए ।

उनी सर्वाधिक छिटो १४ औं शतक बनाउने पहिलो खेलाडी बनेका छन् । आजम  इंग्ल्याण्डमा एकदिवसीय शतक बनाउने पाकिस्तानका दोस्रो कप्तान प िनबनेका छन् । यसअघि इमरान खानले शतक बनाएका थिए । उनले १९८३ को विश्वकपमा यो शतक बनाएका हुन्  ।

बाबरले ८१ औं पारिमा १४ औं शतक पुरा गरे । उनले १५८ रनको पारि खेलेका थिए । आजमले दक्षिण अफ्रिकाका पूर्व खेलाडी हाशिम अमला, भारतीय कप्तान विरोट कोही र अस्ट्रेलियाका डेभिड वार्नरको रेकर्डलाई पछि पारेका हुन् ।

अमलाले ८४ औं एक दिवसीयमा १४ औं शतक बनाएका थिए । यसैगरी वार्नरले ९८ तथा कोहलीले १०३ औं एक दिवसीयमा १४ औं शतक बनाए । बाबरले यसअघि सातौं र १३ औं शतक पनि सर्वाधिक छिटो बनाएका थिए । बाबरले रेकर्ड कायम गरे पनि पाकिस्तानले सिरिज भने ३–० ले गुमाएको छ ।
  

भर्खरै

Advertisement