Mega Bank

इंग्ल्याण्डद्वारा पाकिस्तानविरुद्धको एक दिवसीय सिरिज क्लिनस्वीप

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०३-३०
  • |
  • 315 पटक हेरिएको

पाकिस्तानविरुद्धको एक दिवसीय सिरिज इंग्ल्याण्डले क्लिनस्वीप गरेको छ । गएराति भएको खेलमा पाकिस्तानले दिएको ३३२ रनको लक्ष्य इंग्ल्याण्डले १२ बल बाँकी रहँदै सात विकेट गुमाएर पुरा गरेको थियो । तीन विकेटको जित निकालेको इंग्ल्याण्डले तीन सून्यले सिरिज पनि आफ्नो पोल्टामा पार्न सफल भयो ।


पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३३१ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले शतकीय पारि खेले । उनले १३९ बलमा १५८ रनको उत्कृष्ट पारि खेल्दा मोहमम्द रिजवान र इमान उल हकले पनि अर्धशतकीय पारि खेलेका यथए । रिजवान ७४ रनमा आउट हुँदा हक ५६ रनमा पभेलियन फर्किएका थिए ।

इंग्ल्याण्डका ब्रिडोन कार्सले सर्वाधिक ५ विकेट लिँदा सिकिब महमुदले ३ विकेट लिए ।
३३२ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डले १२ बल बाँकी छदैं सात विकेट गुमाएर  लक्ष्य पुरा गरेको थियो ।

Ben Stokes and his team pose with the series trophy after their 3-0 clean sweep, England vs Pakistan, 3rd ODI, Edgbaston, July 13, 2021


विशाल लक्ष्य पछ्याउने क्रममा सुरुवात राम्रो गर्न नसके पनि इंग्ल्याण्डका लागि जेम्स भिन्सले शतकीय पारि खेलेका थिए ।

उनले १०२ रनको पारि खेलेका थिए । यसैगरी लेविस ग्रेगोरीले ७७ रन बनाउँदा  ज्याक कार्लीले ३९ तथा फिल साल्टले ३७ रनको योगदान गरेका थिए । हारिस रौफले पाकिस्तानका लागि चार विकेट लिए । यसैगरी सदाव खानको नाममा दुई विकेट रह्यो ।

भर्खरै

Advertisement