मेस्सी भित्र्याउने हाेडबाट बाहिरीयाे पीएसजी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२९
  • |
  • 1098 पटक हेरिएको

हाइलाइट्स

मेस्सीलाई दुई बर्षको सम्झौताको अफर गरेको पीएसजीले अहिले आएर आफ्नो होडमा पुर्णविराम दिएको छ । 

लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता सकिएपछि अहिले फ्रि एजेन्टमा छन । तर मेस्सी फ्रि एजेन्टमा हुँदापनि यसअघि उनलाई भित्र्याउन चाहेको पेरीस सेन्ट जर्मेनले भने हार मानेको छ । 

मेस्सीलाई दुई बर्षको सम्झौताको अफर गरेको पीएसजीले अहिले आएर आफ्नो होडमा पुर्णविराम दिएको छ । 

पीएसजीले मेस्सीलाई भित्र्याउन पछिल्लो दुई बर्षदेखि प्रयास गरिरहेको थियो । तर अहिले क्लवले मेस्सी र नेयमारलाई एक साथ खेलाउने चाहना पुरा गर्न सकेन । 

पीएसजी मेस्सी भित्र्याउने होडबाट बाहिरीएपछि बार्सिलोनाका समर्थकलाई भने राहत भएको छ । उनीहरुले अब सहज रुपमा मेस्सी र बार्सिलोनाविच नयाँ सम्झौता हुने अनुमान गरेका छन । 

३४ बर्षे मेस्सी दुई सातादेखि क्लव विहिन भएका छन । बार्सिलोना मेस्सीसँग तलवमा केहि मिलाउन खोजिरहेको छ । मेस्सीले नयाँ सम्झौता गर्दा यसअघि पाउँदै आएको भन्दा कम गर्न बार्सिलोना चाहिरहेको छ । 

यता मेस्सीलाई पनि कोपा अमेरीका जितेपछि केहि समयका लागि आरामको मौका पनि मिलेको छ । तर पीएसजीले अनुबन्धको होडबाट हारमानेपछि नेयमार र मेस्सीलाई एक साथ देख्न चाहने समर्थकका लागि भने खल्लो भएको छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal