सान्चाे ७३ मिलियन पाउण्डमा युनाइटेडमा अनुबन्ध हुन मेडिकल गरे

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२९
  • |
  • 626 पटक हेरिएको

इंग्ल्याण्डका युवा स्ट्राइकर जाडोन सान्चो म्यानचेस्टर युनाइटेड आउने पक्का भएको छ । युनाइटेडले बोरुसिया डर्टमुण्डबाट ७३ मिलियन पाउण्डमा अनुबन्ध गर्ने भएको छ । 

२१ बर्षिय सान्चो मंगलबार युनाइटेडको प्रशिक्षक मैदानमा पुगेको तस्विर सार्वजनिक भएको छ । उनी नयाँ सिजन सुरु हुन अगाडी नै युनाइटेडमा अनुबन्ध हुने बताइएको छ । 

युरोकपको फाइनलमा इटालीविरुद्धको खेलमा पेनाल्टी सुटआउट गुमाउनेमा सान्चो एक खेलाडी थिए । मेडिकल टेष्ट पुरा गरेपछि उनी छुट्टिमा जानेछन । तर उनी तीन सातापछि नै युनाइटेडको टिममा समावेश हुनेछन । 

सान्चोलाई युनाइटेडले अघिल्लो सिजनमा नै अनुबन्ध गर्ने तयारी गरेको थियो । तर त्यो बेला उनको मुल्य बढि भनेकाले खरिद गर्न नसकेको थिए । 

सान्चोले डर्टमुण्डबाट एक सय ३७ खेलमा ५० गोल गरेका थिए भने ६४ एसिस्ट गरेका थिए । म्यानचेस्टर सिटीबाट सन् २०१७ मा बोरुसिया पुगेका सान्चोको प्रदर्शनलाई मध्यनजर गरेर युनाइटेडले भित्र्याउन लागेको हो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey