बाबरकाे उत्कृष्ट शतकमा पाकिस्तानद्वारा इंग्ल्याण्डलाई तीन सय ३२ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२९
  • |
  • 546 पटक हेरिएको

हाइलाइट्स

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ३१ रन बनायो ।

कप्तान बाबर अजामको कीर्तिमानी शतकको मद्दतले पाकिस्तानले तेस्रो एकदिवसिय खेलमा इंग्ल्याण्डलाई तीन सय ३२ रनको लक्ष्य दिएको छ । 

टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ५० ओभरमा नौ विकेट गुमाउँदै तीन सय ३१ रन बनायो ।

पाकिस्तानका लागि कप्तान आजमले उत्कृष्ट पारी खेल्दै एक सय ५८ रन बनाए । जसमा उनले एक सय ३९ बलमा १४ चौका र चार छक्का प्रहार गरे । बाबरको यो करियरको उत्कृष्ट पारी हो । उनले यसअघि २०१७ मा वेष्ट इन्डिजविरुद्ध एक सय २५ रन हिर्काउँदा एकै पारीमा उनको ब्यक्तिगत उच्च रन थियो ।

यसका साथै बाबर पाकिस्तानका लागि एकै पारीमा धेरै रन बनाउने कप्तान समेत बनेका छन । बाबरले एक सय चार बलमा शतक पुरा गरेका थिए । बाबरबाहेक पाकिस्तानका लागि मोहम्मद रिजवानले ७४ रन बनाए । उनले ५८ बलमा आठ चौका हिर्काएका थिए । 

यस्तै पाकिस्तानका लागि इमाम उल हकले ५६ रन बनाए भने अरु खेलाडीले खासै राम्रो खेल्न सकेनन् । २१ रनमा पहिलो विकेट गुमाएको पाकिस्तानका लागि इमाम उल हक र बबारले पारी सम्हालेका थिए । उनीहरुले दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गरे ।

तेस्रो विकेटका लागि बाबर र रिजवानले एक सय ७९ रनको साझेदारी गरेपछि टिमलाई बलियो स्थितीमा पुर्याएका थिए । बलिङमा इंग्ल्याण्डका क्रेसले पाँच विकेट लिए । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey