नेपालमा मराठा क्रिकेट लिग गर्ने तयारी, पोखरामा हुने प्रतियोगिता अगष्ट १५ बाट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२९
  • |
  • 4439 पटक हेरिएको

हाइलाइट्स

  • आठ टिमको सहभागिता 
  • मुम्बई एभेन्जर्स, इन्दोर ग्लाडियटर्स, जयपुर ज्याग्वार्स, हैदरावाद रोयल्र्स, पुणे मराठाज, नागपुर निन्जाज, बरोडा वासियर्स र दिल्ली डोमिनेटर्स

भारतको पहिलो संस्करणको मराठा क्रिकेट लिग नेपालमा गर्ने तयारी भएको छ । यो प्रतियोगिता सुरुवातमा भारतमा गर्ने तालिका भएपनि कोरोनाको दोस्रो लहर सुरु हुँदा दुबईमा गर्ने तालिका थियो ।

तर दुबईमा आइपीएल र टी २० विश्वकप क्रिकेटको तयारी गर्नुपर्ने भएकाले अन्तिममा नेपालमा गर्ने तयारी भएको छ । 

पोखरामा हुने भनिएको प्रतियोगिताका लागि आयोजकले नेपाल क्रिकेट संघ संगपनि कुरा गरेको बताएका छन् । तर यता क्यानले भने यो विषयमा आफुहरु जानकार नभएको बताएकाे छ । 

प्रतियोगितामा आयोजकले नेपालका दुई खेलाडीलाई खेलाउनुपर्ने भन्ने चर्चा पनि छ । प्रतियोगिता अगष्टका १५ तारिखबाट सुरु हुने बताइएको छ ।

आठ टिमको सहभागिता रहेको प्रतियोगितामा मुम्बई एभेन्जर्स, इन्दोर ग्लाडियटर्स, जयपुर ज्याग्वार्स, हैदरावाद रोयल्र्स, पुणे मराठाज, नागपुर निन्जाज, बरोडा वासियर्स र दिल्ली डोमिनेटर्स खेल्नेछन् । 

जसमा प्रतियोगिताको पहिलो खेल अगष्ट १५ मा मुम्बई र जयपुरविच हुने तालिका रहेको छ । प्रतियोगिताको फाइनल सेप्टेम्बर ५ मा गर्नेछ । प्रतियोगितामा कुल ३४ खेल हुनेछन । 

यो प्रतियोगिताको तालिका नै सार्वजनिक भइसक्दापनि क्यानका पदाधिकारीले भने जानकार नभएको बताएका छन ।

यसअघि सन् २०१७ को जुलाईमा भएको एशियन प्रिमियर लिग क्रिकेटलाई सरकारले नै आयोजना गर्न स्विकृती दिँदा प्रतियोगिता नै विवादमा आएको थियो ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal