Mega Bank
Prabhu Bank

सगरमाथा अन्तराष्ट्रीय करातेमा नेपाल टिम प्रथम

प्रत्युस र रश्मिता उत्कृष्ठ

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-२९
  • |
  • 178 पटक हेरिएको

नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार शाखा डोजो नक्सालको २२  बार्षिक उत्सवको अवशरमा आयोजित सातौ सगरमाथा अन्तराष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा बिष्णुदेबी डोजो नेपाल टिम प्रथम भए भने भारत टिम दोश्रो र बेलौरी नगरपालिका कन्चनपुर बेष्ट फेयर प्ले टिम र लालझाडी गाउपालिका कन्चनपुर उत्कृष्ठ अुशासित टिम घोषित भए ।

पुरुष तर्फ भारतका प्रत्युस सिंह र महिला तर्फ नक्साल डोजो नेपालकी रश्मिता श्रेष्ठ उत्कृष्ठ खेलाडी घोषित भईन भने उदयीमान खेलाडीको उपाधी आयोजक नेपालकी दिलाशा श्रेष्ठले हात पारिन ।उक्त प्रतियोगितामा पुरुष तर्फको ३५ किलो तौल समुहमा सन्देश तामाङ्ग प्रथम, रोजन अधिकारी दोश्रो ,प्रशन्न दाहाल तृतीय हुन सफल भए ।

पुरुष तर्फकै ४० किलो तौल समुहमा प्रत्युस सिंह प्रथम, कुस्विन आले दोश्रो ,अन्कित हुमागाई तृतीय भए । ४५ किलो तौल समुहमा सुवास परियार प्रथम,राजेन्द्र पाखरिन दोश्रो,पाल्दे स्याङवो तेश्रो हुन सफल भए । ५० किलो तौल समुह मा विवेन्द्र तामाङ्ग प्रथम,धन बहादुर सुनार दोश्रो, सुदिप बलामीले तेश्रो स्थान हात पारे ।

५५ किलो तौल समुहमा सुविन खत्री पहिलाे,बिप्लव खड्का दाेस्राे, गणेश चौधरी तेस्राे स्थानमा रहे । त्यसैगरि ६० किलो तौल समुहमा सत्यनारायण मौर्या  पहिलाे हुँदा जुन कुमार थामी दाेस्राे, किरन चन्द बेलौरी तेस्राे भए भने ६७किलो तौल समुहमा शन्देश बास्कोटा पहिलाे, निमा शेर्पा दाेस्राे ,पारस मणी भण्डारी तेश्रो स्थानमा रहे । ७५ किलो तौल समुहमा हिमाङसु यादवपिहाले भए भने ८४ किलो तौल समुहमा अजय मोक्तानले प्रथम स्थान हासिल गरे । 

पुरुष तर्फ एकल कातामा प्रेम कुमार चन्द प्रथम भने भने अर्पित सिंह दोश्रो,दिपेश तामाङ्ग तेश्रो हुन सफल भए ।

यसै गरि महिला तर्फ, ३५ किलो तौल समुहमा श्रृजन तामाङ्ग प्रथम,प्रतिका कुवर दोश्रो भए भने ४० किलो तौल समुहमा शरिता तामाङ्ग प्रथम,अन्जली राना दोश्रो स्थानमा रहे । 

बिजेता खेलाडीहरुलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य-सचिव रमेश कुमार सिलवाल,राष्ट्रिय खेलकुद परिषदका सदस्य पुरेन्द्र बिक्रम लाखे , महेश कुमार श्रेष्ठ,अन्तराष्ट्रिय निर्णायक राजेन्द्र कपाली, अन्तराष्ट्रिय निर्णायक महृश रन्जित, ओलम्पियन दिपक बिष्ट,सोतोकान करातेका अध्यक्ष निवाश गोपाल बैध,आयोजक का अध्यक्ष एबम गजेन्द्र बहादुर खपाङ्गी , नेपाल सितोरियो कराते संघका कार्यलय प्रमुख राजेन्द्र क्षेत्री, १३ ओै सागका दोहोरो स्वर्ण बिजेता मण्डेकाजी श्रेष्ठ, बरिष्ठ प्रशिक्षक दोर्जे लामा लगायतले पुरस्कार बितरण गरेका थिए । 

भर्खरै

Advertisement