युराेकपकाे टीम 'अफ दी टुर्नामेन्ट' मा राेनाल्डाे अटाएनन्, काे काे खेलाडी परे ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२९
  • |
  • 1620 पटक हेरिएको

हाइलाइट्स

  • युरोपियन फुटबल महासंघले सार्वजनिक गरेको प्रतियोगिता टिममा फाइनलमा पुगेका इटाली र इंग्ल्याण्डका खेलाडीको बर्चश्व रहेको छ । 

युरोपकको गोल्डेन बुट विजेता क्रिस्टियानो रोनाल्डो युइएफए टिम अफ दी टुर्नामेन्टमा पर्न सकेनन् ।

युरोपियन फुटबल महासंघले सार्वजनिक गरेको प्रतियोगिता टिममा फाइनलमा पुगेका इटाली र इंग्ल्याण्डका खेलाडीको बर्चश्व रहेको छ । 

प्रतियोगिताको उत्कृष्ट गोलकिपर बनेका डोनारुम्मा, डिफेन्डर बोनुची, लियोनार्दो स्पेनाजोला, जोर्गिन्हो, विंगर फेर्डिको चिसा टिम अफ दी टुर्नामेन्टमा परेका छन । 

यस्तै इंग्ल्याण्डबाट केली वाल्केर, हेरी मगुइरा, रहिम स्ट्रलिङ छन ।

टिममा पाँच खेलाडी इटालीको तीन इंग्ल्याण्डका छन भने बल्जियमबाट रामेलु लुकाकु, डेनमार्कबाट पियरी इमिली र स्पेनबाट पेद्री परेका छन । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey