टोकियो ओलम्पिकको मुख्य मिडिया सेन्टर खुल्ला

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२९
  • |
  • 476 पटक हेरिएको

हाइलाइट्स

यो पटकको टोकियो ओलम्पिकमा करिव ६ हजार सञ्चारकर्मी पुग्ने विश्वास गरिएको छ ।

जापानमा हुने टोकियो ओलम्पिकको रिपोर्टिङ गर्न जाने सबै पत्रकारका लागि मुख्य मिडिया सेन्टर खुल्ला गरिएको छ ।

विश्वभरबाट आउने सबै पत्रकारकालागि मुख्य मिडिया सेन्टरको ढोका प्रतियोगिता आउन १० दिन अगाडी खुल्ला गरिएको हो । 

यो पटकको टोकियो ओलम्पिकमा करिव ६ हजार सञ्चारकर्मी पुग्ने विश्वास गरिएको छ ।

यसपटकको ओलम्पिकको प्रेस सेन्टसमा घरेलु र विदेशी पत्रकार भनेर छुट्याइएको बताइएको छ ।

सबै पत्रकारलाई सो मिडिया सेन्टरमा प्रवेश गर्दा हरेक पटक तापक्रम नाप्नुका साथै कडा सुरक्षा जाँच हुनेछ । 

कोभिडको असर कायमै रहेका बेला कोहिलाई पनि कठिन नहोस भनेर आयोजकले मिडिया सेन्टरमा पनि विशेष सावधानी अपनाइएको छ ।

कोभिडका कारण एक बर्ष पछाडी धकेलिएको टोकियो ओलम्पिक जुलाई २३ बाट अगष्ट आठ तारिखसम्म हुनेछ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey