ए डिभिजन लिगका लागि एनआरटीद्वारा सुजन र आमाेसकाे सम्झाैता नविकरण

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२९
  • |
  • 2769 पटक हेरिएको

हाइलाइट्स

पूर्व यू १९ टिमका डिफेन्डर सुजन शेर्मा र आमोस लिम्बुको सम्झौता नविकरण गरेको छ । 

सहिद स्मारक ए डिभिजन लिगका लागि न्यूरोड टिम एनआरटीले दुई खेलाडीको सम्झौता नविकरण गरेको छ ।

जसमा उसले पूर्व यू १९ टिमका डिफेन्डर सुजन शेर्मा र आमोस लिम्बुको सम्झौता नविकरण गरेको छ । 

एनआरटीले दुबै खेलाडीलाई लिगका लागि सम्झौता नविकरण गरेको छ । उनीहरुको रकम भने खुलाइएको छैन ।

यो सिजनका ए डिभिजन लिगका लागि एनआरटीले बलियो टिम बनाउने तयारी गरेको छ ।

क्लवले यसअघि दुई जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा नेपाल सुपर लिगमा काठमाडौं रेजर्सबाट खेलेका स्टेफेन समिर र मेसौकेलाई अनुबन्ध गरेको छ । 

नेपाली फुटबल टिमका पूर्व कप्तान राजुकाजी शाक्यको प्रशिक्षणमा रहने एनआरटीले आन्तरीक रुपमा टिम तयार पार्ने क्रम अन्तिम चरणमा पुगेको छ । 

असोज तीन गतेबाट सुरु हुने ए डिभिजन लिगका लागि यतिबेला सबै क्लवले खेलाडी अनुबन्ध गर्ने तिब्र पारेका छन । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal