गेलको प्रदर्शनमा अस्ट्रेलियाविरुद्धको सिरिज वेस्टइन्डिजलाई 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-२९
  • |
  • 1430 पटक हेरिएको

हाइलाइट्स

  • अस्ट्रेलिया : 141/6
  • वेस्टइन्डिज : (14.5/20 ov)142/4

अस्ट्रेलियाविरुद्धको टी २० सिरिज वेस्ट इन्डिजले जितेको छ । गएराति भएको तेस्रो टी २० मा ६ विकेटको जित निकाल्दै वेस्टइन्डिजले सिरिजका बाँकी २ खेल छँदै ३–० ले आफ्नो पक्षमा पारेको हो ।

यस पटक पनि अस्ट्रेलियाका ब्याट्सम्यानहरु चल्न सकेनन् ।

पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १४१ रन बनाउन सक्यो । उसका लागि मोइसीस हेनरिक्सले सर्वाधिक ३३ रन बनाउँदा कप्तान आरोन फिन्चले ३०  रनको योगदान गरे ।

एस्टन टर्नरले २४ रन बनाउँदा म्याथ्यू वेडले २३ रन बनाए । एलेक्स केरीले १३ रन बनाउँदा मिचेल मार्सको ब्याटबा ११ रन मात्रै बन्यो । अस्ट्रेलियालाई सस्तैमा रोक्नका लागि हेडन वाल्सले दुई विकेट लिएका थिए ।

१४२ रनको जवाफी लक्ष्य पछ्याएको वेस्टइन्डिजले क्रिस गेलको अर्धशतकीय पारिले सहज जित दिलायो । गेलले ६७ रन बनाउँदा ३८ बल फेस गरेका थिए । उनले आफ्नो पारिमा ७ छक्का र चार चौका प्रहार गरे । गेलले अन्तराष्ट्रिय क्रिकेटमा १४ हजार रन पनि पुरा गरेका छन् ।

May be an image of 1 person and text that says 'GAYLE Seudals dals 14 000 CHRIS T20 RUNS GAME Sandals INSURANCE'

यसैगरी निकोलस पुरन ३२ रनमा नटआउट रहे । अस्ट्रेलियाका लागि रेलि मेड्रिथले तीन विकेट लिएका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey