Mega Bank

क्रिस गेलको उपस्थिति विरोधी टिमका लागि त्रास !

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०३-२८
  • |
  • 1124 पटक हेरिएको

ड्वान ब्राभोले वेस्टइन्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलको बचाउ गरेका छन् ।

गेलको प्रदर्शन अहिले राम्रो नहरहेकाले उनेको आलोचना हुन थालेको छ । जसका कारण गेललाई वेस्टइन्डिजको टिममा किन राख्ने भन्ने प्रश्न पनि उव्जिन थालेको छ । अस्ट्रेलियाविरुद्ध दुई वटा टी २०मा गेलले कुल १७ रन बनाका छन् । पछिल्ला ९ म्याचमा गेलको औसत १२.७५ रहेको छ । 


गेल लगातार असफल बन्दा पनि टिम म्यानेजमेन्टले उनलाई मौका भने दिइरहेको छ । ब्राभोले ४१ वर्षिय गेल यो बर्ष हुने टी २० विश्वकपका लागि रणनीतिक खेलाडीको रुपमा विश्लेषण गरेका छन् ।

उनले भने ‘गेलको उपस्थिति नै विरोधी टिमका लागि त्रास उत्पन्न गराउन पर्याप्त छ । त्यसैले अहिले नै उनको प्रदर्शनको समिक्षा गर्न आवश्यक नरहेको बताउँदै ड्रेसिङ रुममा गेलको उपस्थितिले अरु खेलाडीलाई पनि उर्जा प्रदान गर्ने गरेको छ ।’ क्रिस गेलले टी २० घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी हुन् ।

उनले सबै फरम्याटमा फास्ट १४ हजार रन पुरा गर्न २९ रन टाढा रहेका छन् । उनले अहिलेसम्म २२ शतक तथा ८६ अर्धशतक बनाएका छन् । यदि गेल टिममा भए वेस्टइन्डिजलाई टी २० विश्वकपको उपाधि रक्षा गर्ने अभियानमा थप सहयोग पुग्ने छ ।  

भर्खरै

Advertisement