कोपा जितेर स्वदेश फर्किएका मेस्सीलाई श्रीमतीको स्वागत

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२८
  • |
  • 1659 पटक हेरिएको

हाइलाइट्स

खेलपछि ब्राजिलबाट अर्जेन्टिना फर्किँदा मेस्सीलाई हजारौं फ्यानले स्वागत गरेका थिए। सो क्रममा मेस्सीकी श्रीमती एन्टोनेला रोकुजो पनि विमानस्थल पुगेका थिए।

अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट पहिलोपटक कोपा अमेरिका फुटबल जितेसँगै मेस्सीले अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोडेका छन्।

यसअघि सन् २००८ मा मेस्सीले यू–२३ टोलीबाट अर्जेन्टिनाको लागि ओलम्पिक प्रतियोगितामा स्वर्ण पदक हात पारेका थिए। तर सिनियर टोलीबाट भने उनले एउटा पनि उपाधि जित्न सकेका थिए।

कोपा अमेरिकामा ब्राजिललाई १–० ले पराजित गर्दै आइतबार बिहान अर्जेन्टिनाले कोपा अमेरिका जित्दा मेस्सीको सपना पुरा भयो।

उनले पहिलो अन्तर्राष्ट्रिय उपाधि हात पारे। त्यति मात्र होइन मेस्सी प्रतियोगिताको सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी घोषित भए।

खेलपछि ब्राजिलबाट अर्जेन्टिना फर्किँदा मेस्सीलाई हजारौं फ्यानले स्वागत गरेका थिए। सो क्रममा मेस्सीकी श्रीमती एन्टोनेला रोकुजो पनि विमानस्थल पुगेका थिए।

यतिबेला एन्टोनेलाले मेस्सीलाई विमानस्थलमा स्वागत गरेको तस्बिर र भिडिओ भाइरल भइरहेको छ। मेस्सी देख्नासाथ एन्टोनेला मेस्सीलाई अंगाल्न पुग्छिन् र चुम्बन गर्छिन्।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey