युरो च्याम्पियन इटाली स्वदेश फर्किदा समर्थकको ओइरो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२८
  • |
  • 1081 पटक हेरिएको

हाइलाइट्स

फाइनल जितेको केहि समयपछि नै स्वदेश फर्किएको इटाली टिमलाई विशेष विमानमा रोम लगिएको हो ।

युरोकपको उपाधि विजेता टिम इटाली स्वदेश पुगेको छ । आइतबार राती इंग्ल्याण्डलाई टाइब्रेकरमा हराँउदै दोस्रो पटक युरोकपको उपाधि जितेको इटाली आज रोम पुगेको हो । 

फाइनल जितेको केहि समयपछि नै स्वदेश फर्किएको इटाली टिमलाई विशेष विमानमा रोम लगिएको हो ।

रोमको विमानस्थलमा पुगेपछि बाहिर निस्किने क्रममा इटालीका प्रशिक्षक रोबेर्टो मान्सिनी र कप्तान चिलिनीले ट्रफी उचालेका थिए । 

इटाली युरोकपको च्याम्पियन बन्दा इटालीमा यसको खुसीको लहर छाएको छ ।

उसका समर्थक मध्य रातीपनि सडकमा उत्रिएर जितको खुसी मनाएका थिए । यसका साथै टिम रोमको होटेलमा पुग्दापनि बाहिर सयौं समर्थक पुगेका थिए । 

निर्धारित ९० मिनेट र अतिरीक्त समयमा एक एक गोलको बराबरी भएको खेलको पेनाल्टी सुटआउटमा इंग्ल्याण्डका तीन खेलाडीले गोल गर्न सकेका थिएनन् ।

विजेता टिमलाई आजै इटालीका राष्ट्रपति र प्रधानमन्त्रीले भेट्नेछन । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey