परिवर्तित इटालीले युरोकपमा बनाएको दबदबा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२८
  • |
  • 1052 पटक हेरिएको

हाइलाइट्स

  • वेम्बलीमा घरेलु टोली इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा तीन दुइ गोलले हराएपछि इटालियन खेलाडीहरुको खुशीको सिमा थिएन । 
  • आइतबार राती इटालियन समर्थकले इंग्ल्याण्ड कब्जा गरेका थिए ।  
  • वेम्बलीमा इटालीको राष्ट्रिय गान मात्र गुञ्जिरहँदा टचलाइन रहेका प्रशिक्षक रोबर्टो मान्सिनीले आशु थाम्न सकेनन् ।

२०१६को युरोकपमा क्वाटरफाइनलमा रोकिएको इटाली, २०१८ को विश्वकपको छनौट चरण पार गर्न सकेन । जसलाई इटालीको कालो अध्याय भनेर सम्झिन्छन् । त्यसपछि प्रशिक्षक रोबर्टो मान्सिनीको आगमन भयो । टिममा धेरै परिवर्तन भयो । एक समय उधोगति तिर लागेको इटालीलाई उनले आज युरोपेली राष्ट्र मध्य पहिलो नम्बरमा उभ्याएका छन् । 

वेम्बलीमा घरेलु टोली इंग्ल्याण्डलाई पेनाल्टी सुटआउटमा तीन दुइ गोलले हराएपछि इटालियन खेलाडीहरुको खुशीको सिमा थिएन । आइतबार राती इटालियन समर्थकले इंग्ल्याण्ड कब्जा गरेका थिए ।  वेम्बलीमा इटालीको राष्ट्रिय गान मात्र गुञ्जिरहँदा टचलाइन रहेका प्रशिक्षक रोबर्टो मान्सिनीले आशु थाम्न सकेनन् ।

खेल सकिएपछि उनले भने मैले बाचा पुरा गरे । उनले इटालीको नेतृत्व सम्हालेको तीन वर्ष पचास दिन मात्र भयो । यति छोटो समयमा युरोपेली फुटबलको सबैभन्दा ठुलो उपाधी? २०१८ को विश्वकपमा छनौट नभएपछि गहिरो सद्मामा गएको इटालीले उनको नेतृत्वमा पहिलो पटक साउदी अरबीयासँग मैत्रीपुर्ण खेल खेलेको थियो ।

यो अवधी आफ्नो र टिमका लागि निकै कठिन रहेको उनले मिडियालाई बताए । त्यो समय इटालीको आलोचनामात्र हुन्थ्यो । इटालीका समर्थकले त्यो अवधीलाई कालो अध्याय भन्छन् । आइतबार रातीबाट भने इटालीको नयाँ इतिहास पल्टेको छ । युरोकप खेल्नु अघि इटालीले २७ खेलसम्म अपराजित यात्रा कायम राखेको थियो । समुह चरणमा तीनै खेल जित्यो ।

त्यसपछि उसका लागि कठिन प्रतिद्धन्द्धी रहे । अन्तिम १६ मा अष्ट्रियविरुद्ध  अन्तिम समयमा एक गोल गरि दुइ एकको जित हात पारि उसले क्वाटरफाइनलको यात्रा तय गर्यो ।  त्यसपछि उसले कठिन प्रतिद्धन्द्धीलाई पछि पार्दै फाइनलको यात्रा तय गर्यो । क्याटर फाइनलमा विश्व नम्बर एक बेल्जियम र त्यसपछि स्पेनलाई पन्छाउनु चानचुने कुरा थिएन ।

स्पेन त्यही देश हो जसले २०१२को युुरोमा फाइनलमा हराएर इटालीलाई खाली हात फर्काइदिएको थियो । र त्यसको बदला लिएर ऊ फाइनल पुग्यो र साउथगेटको टिम इंग्ल्याण्डलाई हराउँदै युरोपेली च्याम्पियनसिपको उपाधी आफ्नो नाममा गर्योे त्यो पनि ५३ वर्ष पछि । १९६६ पछि उसले युरोको दोस्रो उपाधी उचालेको हो । मान्सिनीले वेञ्चका खेलाडीलाई पनि न्याय गरे । फाइनलसम्म स्क्वाडका  २६ जना खेलाडीलाई मैदानमा उतारेका थिए । लियोनार्दो बोनुची, जर्जियो चेलीनी जस्ता भेट्रान डिफेन्डरले आफुलाई प्रमाणित गरे ।

गोल रक्षक ग्यान लुइगी ड्यान्नारुम्मा, मिडफिल्डर जोर्गिन्हो, मार्को भेराटी, स्ट्राइर फेडेरिको चियसाजस्ता खेलाडी इटालीको भविष्य  सुन्दर छ भनेर समेत पुष्टि गरे । पुर्व टिम मेट्स जानलुका भियाल्ली र अटिलो लोम्बार्दोले उनलाई सघाइरहेका छन् । उनले  इटालीलाई तीन वर्षमा युरोपको शिर्ष स्थानमा राखिसकेका छन् । अब विश्व कब्जा गर्न बाँकी छ । 

 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal