युरोकप फाइनल अतिरिक्त समयमा पुग्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२८
  • |
  • 1115 पटक हेरिएको

हाइलाइट्स

निर्धारित ९० मिनेटमा खेल एक एक गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको हो । 

युरो कपको उपाधिका लागि अहिले इंग्ल्याण्ड र इटालीविच प्रतिस्पर्धा भइरहेको छ । जसमा खेल अतिरीक्त समयमा धकेलिएको छ । निर्धारित ९० मिनेटमा खेल एक एक गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको हो । 

खेलको दोस्रो मिनेटमा इंग्ल्याण्डले अग्रता बनायो । इटाली टिमको खेल जम्न खोजिरहेका बेला इंग्ल्याण्डले सुरुवातमा नै गोल गर्यो । इटालीको कर्नरबाट अघि बढेको बलमा इंग्ल्याण्डले काउन्टरमा गोल गर्न सफल भयो । उसका लागि लुक शाले काइरान ट्रिपियरको क्रसमा गोल गर्न सफल भए ।

सुरुवातमा नै गोल खाएको इटालीले आठौं मिनेटमा राम्रो अवसर पाएको थियो । उसका लोरेन्जो इन्सिग्रेकोको प्रहार पोष्ट माथिबाट बाहिरीयो । 
२८ औं मिनेटमा इटालीले अर्को अवसर पाएको थियो । तर उसले सो अवसरलाई गोलमा परिणत गर्न सकेन । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र पहिलो हाफमा इंग्ल्याण्ड एक शुन्यले अगाडी रह्यो । 

पहिलो हाफमा एक शुन्यले पछाडी रहेको इटालीले ६७ औं मिनेटमा खेल एक एकमा पुर्यायो । इटालीका लागि लियोनार्दो बोनुसीले गोल गरे । उनी युरो कपको फाइनलमा गोल गर्ने सर्वाधिक पाको खेलाडी बनेका छन । उनले ३४ बर्ष ७१ दिनमा गोल गरेका हुन । यसअघि यो रेकर्ड वेष्ट जर्मनीका र्बेनार्ड होल्जेनबिनको नाममा रहेको थियो । उनले १९७६ मा ३० बर्षको उमेरमा गोल गरेका थिए । 

त्यसपछि पनि दुबै टिमबाट मौका सिर्जना भएपछि गोल हुन सकेन । जसका कारण खेल अतिरीक्त समयमा धकेलिएको थियो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey