Mega Bank

अमीर श्रेष्ठले जाउलाखेलबाट ए डिभिजन लिग खेल्ने

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-२७
  • |
  • 720 पटक हेरिएको

हाइलाइट्स

गत सिजन च्यासलबाट लिग खेलेका अमिरले पहिलोपटक जावलाखेलबाट खेल्दैछन् । आफू यस सिजनको लिग जावलाखेलबाट खेल्ने सम्झौता भएको अमिर आफैले जानकारी दिएका छन् । ए डिभिजन लिगको नयाँ सिजन खेल्न जावलाखेलमा १ वर्षको सम्झौता भएकाे हाे ।

मकवानपुरका अमिर श्रेष्ठ ए डिभिजन फुटबल क्लब जावलाखेल युुथ क्लबमा अनुबन्ध भएका छन् । आगामी असोज ३ गतेबाट सुरु हुने सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताका लागि मकवानपुरे खेलाडी अमिर जावलाखेलमा आबद्ध भएका हुन् ।

गत सिजन च्यासलबाट लिग खेलेका अमिरले पहिलोपटक जावलाखेलबाट खेल्दैछन् । आफू यस सिजनको लिग जावलाखेलबाट खेल्ने सम्झौता भएको अमिर आफैले जानकारी दिएका छन् । ए डिभिजन लिगको नयाँ सिजन खेल्न जावलाखेलमा १ वर्षको सम्झौता भएकाे हाे ।

च्यासलसँगको सम्झौता सकिएको र जावलाखेलले राम्रो प्रस्ताव पेश गरेको साथै क्लबमा अन्य खेलाडीहरु पनि राम्रै भएको कारण जावलाखेलमा आबद्ध भएको उनले बताए । तर उनले पारिश्रमिक रकम भने खुलाइएकाे छैन । थ्रीस्टार क्लबबाट ए डिभिजन लिगमा डेब्यु गरेका अमिरले २०६६ मा एपिएफ क्लब, २०६८ मा मछिन्द्र क्लब तथा २०६९ सालमा मनाङमस्र्याङ्दी क्लबबाट लिग खेलेका थिए ।

बिचमा २ वर्ष बैदेशिक रोजगारीको सिलसिलामा २०७१ सालमा कतार पुगेपनि २ वर्षपछि स्वदेश फर्किएर पुनः फुटबललाई नै अंगालेका अमिरले मनाङ्मस्याङ्दीमा नै आबद्ध भएर वि।स। २०७५ सालयता भएको २ सिजन ए डिभिजन लिग च्यासलबाट खेलेका थिए ।

भर्खरै

Advertisement