काेपा अमेरिकाकाे उपाधि अर्जेन्टिनालाई

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-२७
  • |
  • 1588 पटक हेरिएको

कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ ।

आज विहान भएको फाइनलमा  घरेलु टोली ब्राजिललाई १–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि जितेको हो ।

अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले पहिलो ठूलो उपाधि जित्न सफल भए ।

खेलको २३ औं मिनेटमा डी पाउलको लामो पासमा एंगेल डी मारियाले ब्राजिली गोलरक्षक एडरसनलाई छक्याउँदै गोल गरेका हुन् । ब्राजिलले पनि खेलमा फर्कन धेरै प्रयास गरेपनि असफल रह्याे । 

सन् १९९३ मा कोपाको उपाधि जितेपछि अर्जेन्टिनाले प्रमुख प्रतियोगिताहरुमा ६ पल्ट फाइनल खेल्दा सधैं उपविजेतामा सिमित हुन पुगेको थियो ।

 २०१५ र २०१६ को कोपाको फाइनलमा अर्जेन्टिना फाइनलमा चिलीसँग पराजित रहेको थियो । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey