एश्ले बार्टीले जितिन् विम्बल्डन टेनिसको उपाधि

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-२६
  • |
  • 1289 पटक हेरिएको

विश्व नम्बर एक एश्ले बार्टीले विम्बल्डट टेनिसको उपाधि जितेकी छिन् ।

लण्डनमा शनिबार भएको फाइनलमा १३ औं वरियताकी क्यारोलिना प्लिसकोबालाई २–१ को सेटमा पराजित गर्दै उपाधि जितेकी हुन् ।  

पहिलो सेट बार्टीले ६–३ ले जित्दा दोस्रो सेटमा प्लिसकोबाले उत्कृष्ट कमब्याक गर्दै ७–६ ले आफ्नो पक्षमा पारिन । तेस्रो तथा निर्णायक सेटमा बार्टीले ६–३ ले जित हात पार्दै विश्व नम्बर एक बार्टीको करियरले दोस्रो ग्राण्डस्लाम जित्न सफल भइन् । 

उनले सन् २०१९ मा फ्रेन्च ओपन जितेकी थिइन् भने ग्राण्डस्लाममा अस्ट्रेलियन ओपनको सेमिफाइनलसम्म पुगेकी थिइन् ।

चेक रिपब्लिककी स्टार खेलाडी प्लिसकोवा विम्बिल्डनमा पहिलो पटक फाइनल पुगेकी थिइन् ।   पहिलो पटक फाइनलमा पुग्दा उनी उप विजेतामा सिमित भइन् ।

उनको यो नवौं टुर्नामेन्ट भए पनि दुई पटक मात्रै सेमिफाइनलसम्मको यात्रा तय गर्न सफल भएकी थिइन् । उनले सन् २०१७ मा फ्रेन्च ओपन र २०१९ मा अस्ट्रेलियन ओपनको सेमिफाइनलसम्मको यात्रा तय गरेकी थिइन् । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal