काठमाडौं महानगरले मेयर कप क्रिकेटका लागि बजेट छुट्याएन

Kelmi

  • मुक्तिबाबु रेग्मी
  • |
  • २०७८-०३-२६
  • |
  • 1126 पटक हेरिएको

काठमाडौं महानगरपालिकाले यस पटक मेयरकप पुरुष टी २० क्रिकेटकालागि बजेट छुट्याएको छैन । महानगरकाे शुक्रबार भएकाे नगरसभाले आगामी आर्थिक वर्षका लागि बजेट तथा कार्यक्रम संशाेधनसहित पारित गरेकाे छ ।

नेप्लेजले प्राप्त गरेको डकुमेन्टमा खेलकुदका पुराना कार्यक्रमलाई निरन्तरता दिँदा गत बर्षमात्रै थपिएको मेयर कप क्रिकेटले बजेट र कार्यक्रम नै उल्लेख छैन ।

गत वर्ष पनि बजेट नछुट्याएको काठमाडौं महानगरपालिकाले पहिलो संस्करण आयोजना गर्नका लागि नेपाल क्रिकेट संघ क्यानलाई ५० लाख रुपैयाँ  प्रदान गरेको थियो ।

यस पटक बजेट शीर्षकमा उल्खेख नभए पनि खेलकुदसँग सम्बन्धित संस्थाहरुलाई अनुदान दिन ५० लाख विनियाेजन गरेकाले यसैबाट दिन सकिने पनि देखिन्छ ।

उक्त प्रतियोगिता चैतमा सम्पन्न भएको थियो । त्यतिबेला काठमाडौं महानगरपालिकाका पदाधिकारीले अर्कोबर्षदेखि नियमित काठमाडौं महानगरपालिकाले मेयर कप टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता जनाएका थिए । 

पहिलो संस्करणमा उपाधि जितेको टिमले पाँच लाख रुपैयाँ पाउँदा उप विजेता बनेको टिमले तीन लाख पाएको थियो ।

त्यसैगरी प्रत्येक खेलमा खेलाडीहरुलाई त्यतिबेला जनही दुई हजार रुपैयाँ म्याच फि पनि तोकिएको थियो ।

प्रधानमन्त्री कपको सेमिफाइनलमा पुगेका चार टिम र महानगरको एक टिम गरि पाँच टिमले प्रतिस्पर्धा गरेका थिए । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey