सातदोवाटोको नेतृत्वमा कपिल रानामगर पुनः चयन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२६
  • |
  • 1256 पटक हेरिएको

सहीद स्मारक ए डिभिजन लिग खेल्ने तयारीमा रहेको सातदोबाटो युथ क्लवको नयाँ कार्यसमिति चयन भएको छ ।  आठौं बार्षिक साधारणसभाले अध्यक्षमा कपिल रानामगरलाई नै दोहोर्‍याएको छ । 

१७ सदस्यीय कार्यसमितिको प्रथम उपाध्यक्षमा श्याम महर्जन, द्वितीय उपाध्यक्षमा विनोद राई, महासचिवमा सुनिल विष्ट, कोषाध्यक्षमा राजेन्द्र मानन्धर, सचिवमा रविन खड्का र सहसचिवमा अशोक रार्य रहेका छन् । 

यसैगरी कार्यकारी सदस्यहरुमा सिता श्रेष्ठ, शम्भु लामा, सुगतरत्न शाक्य, पारस महर्जन, प्रकाश मानन्धर, रोशन मानन्धर, गोपीकृष्ण नकर्मी, अजय आचार्य, जमुना महर्जन र किशोर मजहृन रहेका छन् ।

यो कार्यसमितिको तीन वर्षको कार्यकाल हुने छ । सातोवाटो युथ क्लब यसै सिजन वि डिभिजनबाट ए डिभिजनमा बढुवा भएको हो ।

असोज तीन गतेदेखि शुरुहुने भनिएको सहीद स्मारक ए डिभिजन लिगका लागि क्लबलको आन्तरिक तयारी तीब्र पारेको महासचिव सुनिल विष्टले बताएका छन् । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey