युईएफएद्वारा युरोकप टिकट बिक्रिबाट २५ मिलियन पाउण्ड आम्दानी, इंग्ल्याण्डको खेलबाट मात्र १६ मिलियन कमायो

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२६
  • |
  • 961 पटक हेरिएको

हाइलाइट्स

सेमिफाइनल र फाइनल खेल वेम्ब्लीमा हुँदा बेलायत सरकारले नै दर्शकको संख्या बढाउने अनुमति दिएपछि त्यसको प्रत्यक्ष फाइदा युइएफएलाई भएको छ । 

युरोपियन फुटबल महासंघले युरोकपको टिकट विक्रिबाट २५ मिलियन पाउण्ड आम्दानी गरेको छ । त्यसमा पनि इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा पुग्दा टिकटबाट आम्दानी झन बढेको हो । 

सेमिफाइनल र फाइनल खेल वेम्ब्लीमा हुँदा बेलायत सरकारले नै दर्शकको संख्या बढाउने अनुमति दिएपछि त्यसको प्रत्यक्ष फाइदा युइएफएलाई भएको छ । 

युरो कपमा इंग्ल्याण्ड अगाडी नै बाहिरीएको खण्डमा वेम्ब्लीमा दर्शकको संख्या कम हुने हो की भन्ने आंकलन गरिएको थियो । तर गारेथ साउथगेटको टिम फाइनलमा पुगेपछि दर्शकले रंगशाला पुर्ण रुपमा अनुमती दिइए अनुसार भरिएको छ । 

फाइनलका लागि पनि सबै टिकट विक्रि भइसकेका छन । जसमा महंगोमा १५ हजार पाउण्डसम्म टिकट विक्रि भएको छ । बेलायत सरकारले वेम्ब्ली रंगशालामा सेमिफाइनल र फाइनलमा ६६ हजार दर्शकलाई प्रवेशको अनुमती दिएको छ ।

सेमिफाइनलसम्म टिकटको मुल्य पाँच सय एक पाउण्ड र दुई सय ९६ पाउण्ड थियो । फाइनलमा भने टिकटको मुल्य बढाएर पाँच सय १० पाउण्ड र आठ सय १० पाउण्ड राखिएको छ । 

यसमा इंग्ल्याण्ड जतिजति अगाडी बढ्यो टिकटको विक्र एक खेलमा १५ हजारले बढि भएको थियो । त्यो भनेको इंग्ल्याण्डको खेलबाट मात्र यूइएफएले १६ मिलियन पाउण्ड आम्दानी गरेको छ । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey