बसन्तले अमेरीकी फ्रेन्चाइजी लिग खेल्ने, हलिउड मास्टर्स ब्लास्टर्समा अनुबन्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२६
  • |
  • 2068 पटक हेरिएको

हाइलाइट्स

  • अमेरीकामा एकपछि अर्को प्रतियोगिता खेल्न ब्यस्त रहेका बसन्तले के उतै नै भविष्य खोजिरहेका हुन ?

नेपाली क्रिकेटर बसन्त रेग्मी अमेरीकामा एकपछि अर्को प्रतियोगितामा ब्यस्त बन्न थालेका छन । बसन्त पछिल्लो पटक अमेरीकी क्रिकेट संघले नै पहिलो पटक आयोजना गर्न लागेको मिनोर लिग क्रिकेट खेल्ने पक्का भएको छ । 

अमेरीकी क्रिकेट संघले नै पहिलो पटक आयोजना गर्न लागेको यो प्रतियोगितामा बसन्त ड्राफ्टबाट हलिउड मास्टर्स ब्लास्टर्समा अनुबन्ध भएका छन । 

एक समय नेपाली क्रिकेट टिमका महत्वपुर्ण सदस्य रहेका बसन्त रेग्मी यतिबेला अमेरीकामा रहेका छन । क्रिकेट प्रतियोगिता खेल्नका लागि केहि महिना अगाडी उनी अमेरीका पुगेका थिए । उनले नेपाली राइनोजबाट टु टेन क्रिकेट खेलेका थिए । जसमा उनी खेलेको टिमले उपाधि जितेको थियो । त्यसपछि बसन्तले डालासको स्थानीले लिगपनि खेलेका थिए । अघिल्लो सातामात्र क्यालिफोर्नियामा भएको एलए ओपनमा नेपाली राइनोज अलस्टारबाट खेल्दा क्वाटरफाइनलसम्म टिम पुगेको थियो । 

अहिले बसन्तले अमेरीकी क्रिकेट संघले नै बृहत योजनाका साथ आयोजना गर्न लागेको मिनोर क्रिकेट लिगमा प्रवेश पाएका छन । यो प्रतियोगितामा कुल २४ टिमले सहभागिता जनाउनेछन । जसमा अहिलेसम्म विभिन्न क्षेत्रबाट गरेर १७ टिमले टिम तयार पारेका छन । त्यसमा बसन्तले खेल्ने हलिउड मास्टर्स ब्लास्टर्सले वेष्टर्न कन्फ्रेन्चबाट खेल्नेछ । 

यो क्षेत्रमा ६ टिम रहेका छन । जसमा इष्टबे ब्लाजेर्स, गोल्डेन स्टेट, हलिउड मास्टर्स ब्लास्टर्स, सान डीएगो सर्फ राइडर्स, सिलिकन भ्याली स्ट्राइकर्स, सोकल लासिङ रहेका छन । 

विभिन्न चार रिजनबाट छ ६ टिमलाई समावेश गरेर यो प्रतियोगिता गर्न लागिएको हो । अमेरीकी क्रिकेट संघले यो प्रतियोगिताका लागि विभिन्न निजी लगानीकर्तालाई पनि भित्र्याएको छ । 

संघले यो प्रतियोगिता अमेरीकामा क्रिकेट विकाशका लागि महत्वपुर्ण रोल खेल्ने आशा लिएको छ । यसका साथै यो प्रतियोगिताबाट अमेरीकी टी २० राष्ट्रिय टिमपनि तयार पारिने र त्यसका लागि यो राम्रो बाटो बन्ने संघले बताएको छ । 

यो प्रतियोगितामा खेल्ने खेलाडीको प्रदर्शनलाई राष्ट्रिय टिमको छनौट कमिटीले नजिकबाट नियाल्ने बताइएको छ । अमेरीकी क्रिकेट संघले लामो योजनाका साथ यो प्रतियोगितालाई सुरु गर्न लागेको र क्रिकेटलाई अमेरीका भरि नै पुर्याउने उद्देश्यका साथ अहिले सुरुवात गरेको बताएको छ । 

यो प्रतियोगिताको ड्राफ्टका लागि २४ सय भन्दा बढि खेलाडीले नाम दर्ता गरेका थिए । त्यसमा तीन सय ६ जना १७ वटा टिममा छनौट भएका छन । यो प्रतियोगिता जुलाईका अन्तिममा हुनेछ । 

बसन्त सिंगापुरमा २०१९ मा भएको आइसीसी टी २० विश्वकपको एशिया छनौटपछि राष्ट्रिय टिममा पर्न सकेका छैनन् । यो विचमा उनले घरेलु प्रतियोगिता खेलेपछि सिनियर टिममा भने स्थान बनाउन सकेका थिएनन् । एक पटक विचमा बसन्तलाई क्याम्पमा बोलाएपनि ब्यक्तिगत कारणले उनी आउन सकेका थिएनन् । तर उनलाई फिटनेसको समस्या देखाउँदै टिमबाट हटाइएको बताइएको थियो । 

बसन्त अमेरीका गएपछि नेपालमा लकडाउन हुँदा उतै बसेर क्रिकेट खेलिरहेका थिए । उनले अमेरीका गएको एक महिनामा फर्किने सो बेला बताएका थिए । तर अहिले फ्रेन्चाइजी लिग खेल्ने पक्का भएपछि उनकाे अमेरीका बसाई लम्बिने पक्का छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey