Mega Bank

भारत र श्रीलंकाबीचको एकदिवसीय र टी-२० सिरिज एक साता सर्यो

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-२५
  • |
  • 467 पटक हेरिएको

भारत र श्रीलंकाबीचको एकदिवसीय र टी-ट्वान्टी क्रिकेट सिरिज एक साता पछाडि धकेलिएको छ ।

घरेलु टोली श्रीलंकाका ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावर र डाटा एनालिस्ट जिटी निरोशनलाई कोरोना भाईरसको संक्रमण देखिएपछि पुरै टिम आइसोलेसनमा छ । जसका भारत र श्रीलंका बिच हुने एकदिवसिय टी-२० सिरिज सरेकाे हाे । 

भारत र श्रीलंकाबीचको तीन खेलको एकदिवसीय सिरिज मंगलबारबाट हुने थियो । तर, अब एकदिवसीय सिरिज जुलाई १७ बाट सुरु हुनेछ । टी २० सिरिज जुलाई २४ मा सुरु हुनेछ । 

यसअघि पहिलो एकदिवसीय खेल जुलाई १३, दोस्रो जुलाई १६ र तेस्रो जुलाई १८ मा हुने कार्यक्रम थियो । नयाँ तालिका अनुसार पहिलो खेल जुलाई १८, दोस्रो जुलाई २० र तेस्रो जुलाई २३ मा हुने छ ।

टि-२० आई सिरिज अव पहिलो खेल जुलाई २५, दोस्रो २७ र तेस्रो जुलाई २९ मा हुनेछ । यसअघि पहिलो टि-२० जुलाई २१, दोस्रो खेल २३ र चौथो २५ मा हुने कार्यक्रम थियो ।

भर्खरै

Advertisement