माटियो बेरेटिनी पहिलो पटक ग्राण्डस्लामको फाइनलमा

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-२५
  • |
  • 1349 पटक हेरिएको

इटालीयन खेलाडी माटियो बेरेटिनी पहिलो पटक ग्राण्डस्लामको फाइनलमा प्रवेश गरेका छन् ।

सातौं बरियताका माटियोले पोलिस खेलाडी हुबेर्ट हुरकेजलाई तीन एकको सेटमा हराउँदै पहिलो पटक विम्बल्डनको फाइनलमा स्थान बनाउन सफल भए । 

लण्डन स्थित सेन्ट्रल कोर्टमा भएको खेलमा माटियोले १४ औं बरियताका हुबेर्टविरुद्ध ६-३, ६-० , ७-६, ६-४ सेटमा जित निकाले । 

क्वाटरफाइनलमा रोजर फेडेररलाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुबेर्टविरुद्ध माटियोले पहिलो सेट छ तीनले जिते भने दोस्रो सेटमा तीन सर्भिस ब्रेक गर्दै छ शुन्यले आफ्नो पक्षमा पारे ।

तेस्रो सेटमा एक समय तीन तीनको अवस्थामा हरेका बेला माटियोले टाइब्रेकरमा छ सातले हार्न पुगे । तर चौथो सेटमा माटियोले ६-४को सेटमा जित्न सफल भए । 

उपाधिका लागि माटियोले विश्व नम्वर एक नोभाक जोकोभिच र डेनिस सापोभालोभविचको विजेतासँग खेल्नेछन् ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey