युरो कप फाइनल हेर्न एक टिकट १५ हजार पाउण्डसम्ममा विक्रि

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२५
  • |
  • 2497 पटक हेरिएको

युरोकप फुटबलको फाइनलका बेला इंग्लिस फुटबल संघले वेम्बली रंगशालामा सिभिलमा सुरक्षाकर्मी खटाउने भएको छ ।

डेनमार्कविरुद्धको सेमिफाइनल खेलमा टिकट विना नै सयौं दर्शक मैदान प्रवेश गरेको थाहा पाएपनि फाइनलमा सुरक्षा ब्यवस्था कडा पार्नुका साथै सिभिलमा पनि छोड्ने भएको छ । 

डेनमार्कविरुद्ध दुई एकको जित निकालेको इंग्ल्याण्डका सयौं समर्थक विना टिकट सुरक्षाकर्मीको आँखा छलेर मैदान प्रवेश गरेको बताइएको छ ।

वेम्बलीमा ६६ हजार दर्शकलाई प्रवेश गराउने निर्णय भएपनि अझै दर्शकका लागि धेरै ठाँउ खालि रहेको थियो । जसमा टिकट विना दर्शकलाई बस्न निकै सहज भएको बताइएको छ । 

सुरक्षा जाँच हुने स्थानमा आफ्नो मोबाइल हतारमा देखाएर भित्र छिरेपछि टिकट नभएका दर्शकपनि प्रवेश गर्न सफल भएका थिए ।

तर फाइनलमा अब सबैको कोभिड रिपोर्ट र टिकट हेर्नका लागि सुरक्षाकर्मी बढि खटाउने र रंगशाला भित्रपनि बढाउने भएको छ । 

फाइनलका लागि सबै टिकटहरु विक्रि भइसकेका छन । फाइनल हेर्न आतुर रहेका दर्शकले ब्ल्याकमा पनि टिकट किन्नुपरेको बताइएको छ ।

अनलाईनबाट टिकट विक्रि हुँदा सर्वाधिक महंगोमा १५ हजार पाउण्डसम्म परेको छ । 

फाइनलका लागि इटलीका समर्थकका लागि नौ हजार टिकट छुट्याइएको थियो । तर त्यसमा एक हजार जनालाई मात्र विक्रि गरिएको छ ।

बाँकी आठ हजार टिकट बेलायतमा नै रहेका इटालीयनलाई विक्रि गरिएको छ । बेलायतमा यूरोपका अरु देशबाट आउनेलाई १० दिनको क्वारेन्टिनको नियम राखिएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey