लेजर लाइटको विषय रेफ्रीलाई भन्दा बेवास्ता गरियो-कास्पेर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२५
  • |
  • 1770 पटक हेरिएको

हाइलाइट्स

खेलका दौरान नै गोलकिपर कास्पेरले आफ्ना आँखामा लेजर लाइट देखाइएको कुरा रेफ्रीलाई बताउँदा बेवास्ता गरेको उनले बताएका छन । 

युरोकप फुटबलको सेमिफाइनलमा इंग्ल्याण्ड र डेनमार्कविचको खेलमा हेरी केनले पेनाल्टी प्रहार गर्नेबेला डेनीस गोलकिपर कास्पेर सिमाइकलको आँखामा लेजर लाइट देखाएको विषय यतिबेला निकै चर्चामा रहेको छ ।

यो घटनाका कारण युरोपियन फुटबल महासंघले इंग्ल्याण्डलाई कारवाहि गर्ने बताइसकेको छ । तर खेलका दौरान नै गोलकिपर कास्पेरले आफ्ना आँखामा लेजर लाइट देखाइएको कुरा रेफ्रीलाई बताउँदा बेवास्ता गरेको उनले बताएका छन । 

खेल एक एकको अवस्थामा चलिरहेका बेला इंग्ल्याण्ड पेनाल्टी पाएको थियो । जसलाई हेरी केनले प्रहार गरेका थिए । तर पेनाल्टी प्रहार गर्नु अगाडी गोलकिपरको आँखामा लेजर लाइट टेलिभिजनमा देखिएको थियो । तरपनि कास्पेरले केनको पेनाल्टी पहिलो पटक रोकेका थिए । तर रिबाउण्डमा गोल हुन पुगेको थियो । 

यो विषयमा अनुसन्धान सुरु भइरहेका बेला गोलकिपर कास्पेरले पनि त्यो समयमा रेफ्रीलाई बताएको र रेफ्रीले अफिसियलसँग कुरा गरेको बताए । उनले पेनाल्टीका बेला लेजर लाइट आँखामा नपरेपनि दोस्रो हाफमा भने आफुले महसुस गरेको बताए । 

तर त्यो बेला खाँदै प्रतिक्रिया नआएको उनले बताए । यूइएफएको अनुशासन कमिटीले खेल सुरु हुन अगाडी डेनमार्कको राष्ट्रिय गानका बेला दर्शकले गरेको डिस्टर्बको पनि अनुसन्धान भइरहेको छ । यसमा यूइएफएले टिमलाई आठ हजार पाउण्ड जरिवाना लगाएको छ ।  

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal