कतार विश्वकपको ५०० दिनको काउन्टडाउन सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२५
  • |
  • 919 पटक हेरिएको

सन् २०२२ मा हुने कतार विश्वकप फुटबल आउँन ५०० दिन बाँकी रहेको काउन्टडाउन सुरु भएको छ ।

विश्वभरबाट लाखौं दर्शकलाई आकर्षित गर्ने लक्ष्यका साथ तयारीमा रहेको कतारले यसलाई अहिलेसम्म कै उत्कृष्ट विश्वकप बनाउने लक्ष्य राखेको छ । 

मिडिल इष्ट र अरब देशमा पहिलो पटक विश्वकप आयोजना गर्न लागेको कतार विश्वकप नोभेम्बरको २१ मा सुरु भएर डिसेम्बर १८ मा सकिनेछ । 

यसका लागि कतारले खर्बो डलर लगानी गरेको छ । अत्याधिक गर्मी हुने भएकाले विश्वकप केहि चिसो मौसममा गरिनेछ । यतिमात्र होइन सबै रंगशाला अत्याधुनिक र एयर कन्डिसनयुक्त रहेका छन । 

विश्वकपका लागि पुर्वाधारको काम ९५ प्रतिशत सकिएको छ । प्रतियोगिता हुने रंगशालाहरुमा केहि सकिएका छन भने यो बर्षको अन्तिमसम्ममा सबै तयार हुने बताइएको छ । 

फिफा विश्वकप कतारका प्रमुख कार्यकारी अधिकृत नासेर अल खातेरले पाँच सय दिन बाँकी हुनु भनेको आफुहरु प्रतियोगिताको निकै नजिक आएको बताएका छन । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey