Mega Bank
Prabhu Bank

हाम्रो लक्ष्य दक्षिण एशियाको पावर हाउस बन्ने हो : प्रशिक्षक भट्ट 

विदेशमा गएर प्रशिक्षण गर्ने अवस्था छैन

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-२५
  • |
  • 1150 पटक हेरिएको

नेपाली राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्टले पछिल्लो समय खेलाडीहरुको फिटनेश लेभल मेन्टेन भएको बताएका छन् ।

फिलिपिन्समा आयोजना हुने एशियन महिला च्याम्पियन्ससिपका लागि नेपाली महिला भलिबल टिम अहिले दशरथ रंगशालाको कर्भडहलमा नियमित प्रशिक्षणमा रहेको छ । कोरोना महामारीका कारण लामो समय घरमै रहेका खेलाडीहरुलाई प्रशिक्षण गराउन केही चुनौती रहेको बताउँदै प्रशिक्षक भट्टले एक महिनाको अवधिमा धेरै नै सुधार आएको बताए । 

No description available.

नेपालले विगतमा एभीसी सेन्ट्रल जोन र सागका लागि वैदेशिक प्रशिक्षण गरेको थियो । तर अहिले अवस्था सहज नभएकाले महिला टिमले कर्भडलहमा मात्रै प्रशिक्षण गरिरहेको छ ।

प्रशिक्षक भट्टले वैदेशिक प्रशिक्षण नभए पनि फिलिपिन्समा प्रतियोगिता अगाडि मैत्रीपूर्ण खेलको लागि पहल भइरहेको पनि जानकारी दिए ।

अहिले नेपाली टिम दक्षिण एशियाको ‘पावरहाउस’ बन्ने लक्ष्यमा रहेको र त्यसका लागि पनि कडा मेहनत गरिरहेको बताए । 

No description available.

भारतलाई हराउनु नेपालको पहिलो लक्ष्य रहेको बताउँदै आएका प्रशिक्षक भट्टले एशियन च्याम्पियनसिप नेपालका लागि उपाधि जित्ने भन्दा पनि अनुभव हासिल गर्ने बताए । उनले भने ‘हाम्रो लक्ष्य भनेको उत्कृष्ट १० भित्र पर्ने लक्ष्य छ ।’
प्रतियोगिताका  लागि अहिले १८ जना खेलाडीले प्रशिक्षण गरिरहेका छन् । शुरुमा ३० जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएकोमा विभागीय क्लब नेपाल पुलिसबाट तीन जना खेलाडी रिलज नै भएनन् । उनीहरु विभागीय तालिममा रहेकाले आउन नपाएका हुन् ।

No description available.

२७ जना खेलाडीलाई पहिलो चरणको प्रशिक्षणबाट १८ मा छनोट गरिएको छ । अब अन्तिम टिम छनोट गरेर प्रशिक्षण गराइएको छ । केही खेलाडीहरु टिमबाट बाहिर हुँदा टिका टिप्पणी पनि भएका थिए । यस विषयमा प्रशिक्षक भट्टले राष्ट्रिय टिममा नयाँ पुराना सबै खेलाडीले अवसर पाएका हुन् । पुरानालाई रिप्लेस गर्ने नयाँ खेलाडीहरु आए भन्ने रुपमा बुझ्न आग्रह गरे ।   

No description available.

भर्खरै

Advertisement