मेस्सी बार्सिलोनामा रहन मोटो रकम त्याग्नुपर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२५
  • |
  • 1934 पटक हेरिएको

हाइलाइट्स

ला लिगाका अध्यक्ष जाभियर टेबासले मेस्सीले बार्सिलोनामा नै बस्नका लागि मोटो रकम कटौती गर्नुपर्ने देखिएको बताएका छन ।

बार्सिलोनाका कप्तान र सुपर स्टार फुटबलर लियोनल मेस्सीको क्लवसँगको सम्झौता जुनको अन्तिममा सकिएसँगै अहिले क्लवविहिन अवस्थामा रहेका छन । उनी फ्रि एजेन्टबाट अर्को क्लवमा जान पाउने बाटो खुल्ला छ । तर बार्सिलोनाले आफ्नो मुख्य खेलाडी मेस्सीलाई टिममा राख्नका लागि केहि खेलाडी विक्रि गर्ने निकै प्रयास गरेको छ । 

मेस्सीसँग नयाँ सम्झौता गर्ने योजना बनाएको बार्सिलोनाले उनलाई राख्नका लागि मोटो रकम जुटाउनुपर्ने देखिएको छ ।

ला लिगाका अध्यक्ष जाभियर टेबासले मेस्सीले बार्सिलोनामा नै बस्नका लागि मोटो रकम कटौती गर्नुपर्ने देखिएको बताएका छन ।

बाल्यकाल देखिको क्लवमा रहनका लागि उनले तलवमा कटौतीका लागि सहमत हुनुपर्ने नभए बार्सिलोनाले उनको तलव लगायतका कुरालाई पुर्याउन कठिन हुने बताएका छन । 

जुलाई एक तारिखबाट मेस्सी फ्रि एजेन्टको हातमा पुगेका छन । तर अझैपनि बार्सिलोनाले उनलाई दुई बर्षको सम्झौताका लागि प्रयासरत रहेको छ । हाल कोपा अमेरीकामा ब्यस्त रहेका मेस्सी स्पेन फर्किएपछि नयाँ सम्झौताका विषयमा कुरा हुन सक्ने बताइएको छ । 

मेस्सीको बार्सिलोनासँगको अन्तिम सम्झौता करिव ५०० मिलियन युरो थियो । उनले त्यो बेला चार बर्षको सम्झौता गरेका थिए ।

त्यसमा सम्झौता रकम, बोनस, साताको तलव रहेको थियो । 
तर अहिले बार्सिलोनालाई आर्थिक अवस्था कमजोर भएकाले पनि मेस्सीको सम्झौतालाई समयमा नै लम्ब्याउन नसकेको बताइएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey