एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह 'बी' मा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२५
  • |
  • 1141 पटक हेरिएको

सन् २०२२ मा उज्वेकिस्तानमा हुने एएफसी यू-२३ एसियन कप छनोटमा नेपाल समूह 'बी' मा परेको छ ।

नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन्

एएफसीले सार्वजनिक गरेको समूह विभाजनमा नेपाल समूह 'बी' मा परेको हो । वेस्ट जोनको छनोटमा रहेका ४२ टोलीलाई एएफसीले ११ समूहमा विभाजन गरेको छ ।

समूह 'बी' का छनोट खेलहरू आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ ।

११ समूहमा रहेका शीर्ष टोलीले एएफसी यू-२३ एसियन कप खेल्नेछन् । यस्तै समुहमा दोस्रो स्थानमा रहेका मध्ये उत्कृष्ट चार टोली पनि एसियन कपमा छनोट हुनेछन् ।

उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका छ ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey