श्रीलंकाले परेरालाई कप्तानबाट हटाउने !

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-२५
  • |
  • 1429 पटक हेरिएको

हाइलाइट्स

  • परेराले २०१८ को शुरुआतदेखि श्रीलंकन टिमको कप्तानी सम्हालेका थिए । 

श्रीलंकन क्रिकेट टिमको कप्तानबाट कुसल परेरालाई हटाउने तयारी  गरिएको छ ।

इंग्ल्याण्ड सिरिजमा लज्जास्पद पराजय भोगेको श्रीलंकाले परेरालाई हटाउने तयारी गरेको हो ।

श्रीलंकाले १३ तारिखदेखि भारतसँग सिरिज खेल्दै छ । अहिले भारतको दोस्रो टिम श्रीलंका पुगेको छ ।

भारतविरुद्धको सिरिजमै परेराको ठाउँमा दासुन सनाकाले लिने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 तर, श्रीलंकन क्रिकेट बोर्डले यस विषयमा औपचारिक जानकारी भने दिएको छैन । ईएसपीएन क्रिकइन्फोका अनुसार सनाकालाई भावी कप्तानको रुपमा हेरिएको छ ।

सनाका श्रीलंकन क्रिकेट बोर्डले पछिल्लो समय खेलाडीको पारिश्रमिक कटौती गर्दै केन्द्रीय सम्झौताका लागि आह्वान गर्दा उनले सबैभन्दा पहिला सम्झौता गरेका थिए ।

२९ वर्षिय सनाका आक्रामक ब्याट्सम्यान हुन भने तीब्र गतिका बलर पनि ।

यदि उनी कप्तान बनेमा पछिल्लो तीन बर्षमा श्रीलंकाको छैटौं कप्तान बन्ने छन् । यसअघि दिनेश चन्दीमल, एन्जेलो म्याथ्यूज, लासथि मालिंगा, लिमुथ करुणारत्ने र अहिले परेर छन् ।

परेराले २०१८ को शुरुआतदेखि श्रीलंकन टिमको कप्तानी सम्हालेका थिए ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey