पाकिस्तानविरुद्धको पहिलो एक दिवसीयमा इंग्ल्याण्डलाई सफलता

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-२५
  • |
  • 932 पटक हेरिएको

हाइलाइट्स

  • पाकिस्तान ३५.२ ओभर १४१ 
  • इंग्ल्याण्ड २१.५ ओभर १-१४२ 

पाकिस्तानविरुद्ध इंग्ल्याण्डले एक दिवसीय क्रिकेटमा सानदार जित दर्ता गरेको छ । गएराति कार्डिफमा भएको खेलमा इंग्ल्याण्ड ९ विकेटको फराकिलो जित दर्ता गर्न सफल भएको हो ।

तीन म्याचको एक दिवसीय सिरिजमा घरेलु टोली इंग्ल्याण्डले १–० को अग्रता पनि लिन सफल भएको छ ।  

१४२ रनको जवाफी पारिमा इंग्ल्याण्डको शुरुवात भने राम्रो रहेन । फिलिप साल्ट जम्मा ७ रन बनाएर आउट भएका थिए ।

त्यसपछि डेभिड मलान र ज्याक क्रलीले पारि सम्हाल्दै इंग्ल्याण्डलाई फराकिलो जित दिलाउन सफल रहे ।

मलान नटआउट ६८ तथा क्रली नटआउट ५८ रनमा रहँदा खेल इंग्ल्याण्डले जितेको थियो ।

उनीहरुले २२ औं ओभरको एक बल बाँकी छँदा जित पक्का गरेका थिए ।  टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तान ३५.२ ओभरमा सवै विकेट गुमाएर १४१ रनमा समेटिन पुग्यो ।

टिमको खाता नखुल्दै पहिलो बलमा पाकिस्तानका इमान उल हक पभेलियन फर्किएका थिए ।

दोस्रो विकेटका रुपमा कप्तान बाबर आजमले पनि २ बल फेस गर्दा खाता नै नखोली आउट हुन पुगे । १७ रन हुँदा पाकिस्तानले तेस्रो विकेट गुमाएको थियो ।

उसका मोहम्मद रिजवान व्यक्तिगत १३ रन बनाएर आउट भएका थिए ।

२६ रन हुँदा चौथो विकेट गुमाएको थियो । त्यतिबेला पाकिस्तानका सउद साकेल जम्मा चार रनको योगदानका साथ क्रिजबाट हटेका थिए ।

त्यसपछि फकर जमान र सोहेब मक्सुदले पाकिसतानको पारि सम्हाल्न खोजेका थिए ।  

मक्सुद १८.३ ओभरमा व्यक्तिगत १९ रन बनाएर आउट हुँदा पाकिस्तानले ७९ रनमा पाचौं विकेट गुमाएको थियो ।

त्यसलगत्तै फकर जमान पनि आउट भएपछि ९० रनमा पाकिस्तानका ६ खेलाडी पभेलियन फर्किएका थिए ।

जमानले सर्वाधिक ४७ रनको पारि खेले ।

फहिम असरफले ५ रनको योगदान गर्दा हसन अलिले ६ रन बनाए भएका थिए ।

यसैगरी सदाव खानले दोस्रो ठूलो स्कोरको रुपमा ३० रन बनाउँदा  अन्तिम विकेटको रुपमा सहेन सा अफ्रिदीले १२ रन बनाए ।

इंग्ल्याण्डका सकिब महमुदले सर्वाधिक ४ विकेट लिँदा सिराग ओभर्टनले दुई विकेट हात पारे ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey