श्रीलंकन ब्याटिङ प्रशिक्षक फ्लावर कोरोना संक्रमित

भारतविरुद्धको सिरिज अगाडि श्रीलंकालाई तनाव 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२४
  • |
  • 856 पटक हेरिएको

श्रीलंका क्रिकेट टिमका ब्याटिङ प्रशिक्षक ग्रान्ट फ्लावर कोरोना पोजेटि भएका छन् ।

१३ तारिखदेखि भारतसँगको एक दिवसीय र टी २० सिरिज अघि प्रशिक्षकलाई कोरोना भएपछि सिरिज के गर्ने भन्ने अन्योल पनि बढेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतको दोस्रो टिम अहिले श्रीलंकामा सिरिजका लागि गएको छ । पहिलो टिम भने अहिले इंग्ल्याण्ड भ्रमणमा रहेको छ । 
श्रीलंकन टिम इंग्ल्याण्ड भ्रमण सकेर स्वदेश फर्किएको थियो ।

अहिले पनि क्वारेन्टिनमै टिम रहेका बेला प्रशिक्षक फ्लावर संक्रमित भएको खबर सार्वजनिक भएको हो । यसअघि श्रीलंकाविरुद्ध खेल्ने इंग्ल्याण्डका तीन खेलाडी सहित सात जना कोरोना संक्रमित भएका थिए । भारत र श्रीलंकाबीचको एक दिवसीय सिरिज १३ जुलाईदेखि शुरु हुने छ ।  

फ्लावर पोजेटिभ भएपछि अरु खेलाडीलाई पनि संक्रमण भएको आंशका गरिएको छ । यदि अरु खेलाडीमा पनि पोजेटिभ देखिए सिरिजबारे अन्यौलता झनै बढ्ने छ । त्यसको उपायका रुपमा श्रीलंकाले पनि दोस्रो टिम छनोट गर्नुपर्ने छ ।   

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey