पाकिस्तानद्वारा इंग्ल्याण्डलाई १४२ रनको लक्ष्य

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०३-२४
  • |
  • 781 पटक हेरिएको

इंग्ल्याण्डविरुद्धको पहिलो  एक दिवसीय क्रिकेटमा पाकिस्तानले जम्मा १४२ रनको लक्ष्य दिएको छ । कार्डिफमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तान ३५.२ ओभरमा सवै विकेट गुमाएर १४१ रनमा समेटिन पुग्यो ।


टिमको खाता नखुल्दै पहिलो बलमा पाकिस्तानका इमान उल हक पभेलियन फर्किएका थिए । दोस्रो विकेटका रुपमा कप्तान बाबर आजमले पनि २ बल फेस गर्दा खाता नै नखोली आउट हुन पुगे । १७ रन हुँदा पाकिस्तानले तेस्रो विकेट गुमाएको थियो । उसका मोहम्मद रिजवान व्यक्तिगत १३ रन बनाएर आउट भएका थिए ।

२६ रन हुँदा चौथो विकेट गुमाएको थियो । त्यतिबेला पाकिस्तानका सउद साकेल जम्मा चार रनको योगदानका साथ क्रिजबाट हटेका थिए । त्यसपछि फकर जमान र सोहेब मक्सुदले पाकिसतानको पारि सम्हाल्न खोजेका थिए ।  मक्सुद १८.३ ओभरमा व्यक्तिगत १९ रन बनाएर आउट हुँदा पाकिस्तानले ७९ रनमा पाचौं विकेट गुमाएको थियो ।

त्यसलगत्तै फकर जमान पनि आउट भएपछि ९० रनमा पाकिस्तानका ६ खेलाडी पभेलियन फर्किएका थिए । जमानले सर्वाधिक ४७ रनको पारि खेले ।

फहिम असरफले ५ रनको योगदान गर्दा हसन अलिले ६ रन बनाए भएका थिए ।

यसैगरी सदाव खानले दोस्रो ठूलो स्कोरको रुपमा ३० रन बनाउँदा  अन्तिम विकेटको रुपमा सहेन सा अफ्रिदीले १२ रन बनाए । इंग्ल्याण्डका सकिब महमुदले सर्वाधिक ४ विकेट लिँदा सिराग ओभर्टनले दुई विकेट हात पारे ।

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal