इपीएललाई आइसीसीकाे मान्यता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२४
  • |
  • 1246 पटक हेरिएको

सेप्टेम्बर २५ बाट सुरु हुने एभरेष्ट प्रिमियर लिगलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले मान्यता दिएको छ । कोभिडका कारण अघिल्लो बर्ष हुने भनिएको प्रतियोगिता सरेर सेप्टेम्बरमा गर्ने तालिका रहेको छ । 

इपीएल आयोजक जोरा स्पोर्टसले विज्ञेप्ती जारी गर्दै प्रतियोगिताका लागि आइसीसीले स्विकृती दिएको बताएको छ । क्यानले यो प्रतियोगितालाई यसअघि नै मान्यता दिइसकेको छ । प्रतियोगिता असोज नौ देखि २३ गतेसम्म हुनेछ । 

कोभिडले स्थगित हुनु भन्दा अगाडी प्रतियोगिता चैत एक देखि १५ गतेसम्म हुने तालिका थियो । 

६ टिमको सहभागिता रहेको प्रतियोगितामा नेपालीसँग विदेशी स्टार खेलाडीको सहभागिता रहनेछ । 

कोभिडका कारण स्थगित हुनुभन्दा अगाडी वेष्ट इन्डिजका स्टार खेलाडी क्रिस गेलपनि आउने पक्का भएको थियो । अहिलेपनि विदेशी स्टार खेलाडी आउने पक्का जस्तै रहेको छ । 

इपीएलमा सन्दिप लामिछानेले काठमाडौंबाट खेल्ने सम्झौता गरेका छन । 

प्रतियाेगितामा ललितपुर प्याट्रीयट्ससंगै काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्सकाे सहभागिता हुनेछ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey