रामाेस र पीएसजीबिच २ बर्षकाे सम्झाैता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२४
  • |
  • 782 पटक हेरिएको

हाइलाइट्स

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बिहीबार सर्जियो रामोसलाई दुई वर्षको लागि अनुबन्ध गरेको छ ।

पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बिहीबार सर्जियो रामोसलाई दुई वर्षको लागि अनुबन्ध गरेको छ ।

रियल म्याड्रिडमा १६ वर्ष बिताएका ३५ वर्षीय रामोसको गत जुनमा स्पेनी क्लबसँगको अनुबन्ध सकिएको थियो ।

उनलाई युरो २०२० खेलेको स्पेनी टिमका लागि पनि बोलाइएको थिएन ।

अघिल्लाे सिजन सकिएपछि रियलले उनीसँग नयाँ सम्झाैता नगर्ने भएपछि पीएसजीले अनुबन्ध गरेकाे हाे ।

रामोसले रियलबाट १६ सिजन बिताउँदा ६ सय ७१ खेल खेलकेा थिए । जसमा उनले डिफेन्डर भएरपनि एक सय एक गोल गरेका थिए ।

रामोसले रियलबाट ५ पटक ला लिगा र चार पटक च्याम्पियन्स् लिगकाे उपाधि जितेका थिए ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey