बीसीसीआईका पूर्व अध्यक्ष अनुराग भारतीय खेलकुद मन्त्रीकाे जिम्मेवारीमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२४
  • |
  • 619 पटक हेरिएको

हाइलाइट्स

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्त्री मण्डललाई परिवर्तन गर्दै खेलकुद मन्त्री किरन रिजिजूलाई हटाएको छ ।

टोकियो ओलम्पिक सुरु हुन करिव १५ दिन बाँकी रहेका बेला भारतमा खेलकुद मन्त्री परिवर्तन गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो मन्त्री मण्डललाई परिवर्तन गर्दै खेलकुद मन्त्री किरन रिजिजूलाई हटाएको छ ।

उनको स्थानमा भारतीय क्रिकेट बोर्डका पूर्व अध्यक्ष अनुरागलाई खेलकुद मन्त्रालयको जिम्मेवारी दिएको छ । 

अनुरागलाई खेल मन्त्रालयका साथै सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिएको छ ।

रिजिजूलाई खेलकुद मन्त्रालयबाट हटाएर कानून तथा न्याय मन्त्रालयमा सारिएको छ । 

२३ जुलाईबाट सुरु हुने टोकियो ओलम्पिकमा भारतबाट १८ खेलमा एक सय २४ जना छनौट भएका छन ।

ओलम्पिकको उद्घाटन समारोहमा मेरी कोम, मनप्रित र बजरंगले देशको झण्डा बोक्नेछन । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey