ओलम्पिकमा दर्शक नहुँदा खेलाडीको प्रदर्शनमा असर पर्ने मनोचिकित्सकको दाबी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-२४
  • |
  • 933 पटक हेरिएको

हाइलाइट्स

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने प्रयासका लागि जापानले दर्शक विना ओलम्पिक गर्ने बारे छलफल गरिरहेको बताइएको छ ।

खेल मनोचिकित्सकले टोकियो ओलम्पिकमा दर्शकलाइ प्रतिबन्ध गरिँदा त्यसको असर खेलाडीको प्रदर्शन पर्ने बताएका छन । 

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्ने प्रयासका लागि जापानले दर्शक विना ओलम्पिक गर्ने बारे छलफल गरिरहेको बताइएको छ ।

ओलम्पिक सुरु हुनु १६ दिन अघि महामारी नियन्त्रणका लागि टोकियोमा  आपतकाल घोषणा गरिने बताइएको छ । प्रधानमन्त्री योसिहिदे सुगाले भाइरस सर्न बाट रोक्न सरकारले आज नया मापदन्ड  लागु गर्नेछ । दर्शकलाइ अनुमति दिने कि नदिने भन्ने बारेपनि आज निर्णय हुन सक्ने उनले जानकारी दिएका छन ।

डाक्टर डेविड फ्लेचरका अनुसार विषेश गरी जापानकै एल्थिटको प्रदर्शनमा बढी असर गर्ने उल्लेख गरे । अर्का खेल मनोबैज्ञानिक डाक्टर भिक्टर थोम्पसनका अनुसार केही खेलाडीलाई दर्शक नहुदा फाइदा नभएपनि बन्द  स्टेडियम भित्र खेल्दा त्यसले नकारात्मक  उर्जा प्रदान गर्ने बताए ।

यसअघि नै जापानले विदेशी समर्थकलाई प्रवेश नदिने बताइसकेको छ । ओलम्पिकमा सहभागी हुने पदाधिकारीको कोटा पनि घटाइएको छ । ओलम्पिक २३ जुलाई बाट सुरु हुदैछ ।

प्रतियोगितामा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाउँदैछन । जसमा पौडीका दुई, जुडोबाट एक, सुटिङबाट एक र एथ्लेटिक्सबाट एक खेलाडीले सहभागिता जनाउँदैछन । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey