Mega Bank

सन्दिप लामिछाने 'द हन्ड्रेड' क्रिकेट खेल्न आज राती बेलायत जाँदै

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०३-२४
  • |
  • 267 पटक हेरिएको

हाइलाइट्स

  • बेलायत पुगेपछि उनी १० दिनको क्वारेन्टिन बस्नुपर्ने छ । 
  • लगातार दुई पटकका पीसीआर नेगेटिभ पश्चाल उनी आफ्नो टिम ओभलको टोलीमा सामेल हुनेछन् ।

नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछाने बेलायतमा हुने द हन्ड्रेड क्रिकेट प्रतियोगिता खेल्न आज राती बेलायत जाँदै छन् । भिषाको समस्याका कारण टी २० ब्लास्ट खेल्न नपाएका सन्दिपले विहिबार राती द हन्ड्रेडका लागि जान लागेको हुन । 

बेलायत पुगेपछि उनी १० दिनको क्वारेन्टिन बस्नुपर्ने छ । क्वारेन्टिन अवधिमा लगातार दुई पटकका पीसीआर नेगेटिभ पश्चाल उनी आफ्नो टिम ओभलको टोलीमा सामेल हुनेछन् ।  नेपालबाट जाँदा पीसीआर रिपोर्ट नेगेटिभ भएको हुनुपर्नेछ । उनी बेलायत गएरपनि दुई पटक क्वारेन्टिनमा हुँदा पीसीआर परिक्षण गर्नुपर्नेछ । 

 द हन्ड्रेड जुलाई २२ बाट सुरु हुँदैछ । जसमा पहिलो खेलमा नै सन्दिपको टिम ओभलले म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ । 

 

इंग्ल्याण्ड र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको यो प्रतियोगिता अघिल्लो बर्ष कोभिडका कारण स्थगित भएको थियो । यो बर्ष उनलाई टिमले रिटेन गरेको थियो । सन्दिपलाई ओभलले करिव एक लाख पाउण्डमा अनुबन्ध गरेको हो । 

यसअघि नेपालले स्पेनमा त्रिकोणात्मक सिरिज खेल्ने हुँदा सन्दिपले यो प्रतियोगिताका सुरुवाती चार देखि पाँच खेल गुमाउने संभावना थियो । तर अब भने उनले पुरै प्रतियोगिता खेल्न पाउनेछन । 
नेपालको अर्को अन्तराष्ट्रिय तालिका सेप्टेम्बरमा भएकाले पनि सन्दिपलाई यो प्रतियोगिताका लागि समय मिलेको हो । 

भर्खरै

Advertisement